१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नेपालमा पनि भेटियो कारोना भाइरस , सर्तकता अपनाउन स्वास्थ्य मन्त्रालयको अपिल


१० माघ २०७६, शुक्रबार  

0
Shares

१० माघ ०७६, काठमाडौं । चीनबाट फर्किएका एक नेपाली विद्यार्थीमा कोरोना भाइरस भेटिएको ओ। अध्ययनका लागि चीन गएका विद्यार्थी नेपाल फर्किएका हुन् । विद्यार्थीमा कोरोना भाइरसको लक्षण देखा परेपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरस रहेको पुष्टि भएको छ ।

त्यस्तैगरि शुक्रबार स्वास्थ्य मन्त्रालयलले पत्रकार सम्मेलन गर्दै चीनको युवान क्षेत्रबाट नेपाल आएका एक व्यक्तिलाई प्रारम्भिक लक्षण देखिएपछि जाँचका लागि हङकङ पठाइएको र रिपोर्ट पोजेटिभ आएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

साथै नेपालमा पनि भाइरस फेला परेपछि सर्तकता अपनाउन मन्त्रालयले अपिल गरेको छ ।

यो भाइरसको संक्रमित बिरामीहमा देखा पर्ने लक्षणहरु ज्वरो आउने ,रुघाखोकि लाग्ने ,निमोनिया हुने ,श्वाश्सप्रश्वासमा समस्या हुने ,सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुने हो । भाइरसका कारण अन्त्यमा मिर्गौलाले काम गर्न छोडेपछि बिरामीको मत्यु समेत हुन्छ । श्वासप्रश्वासमा समस्या आउने हँुदा यो भाइरस सामान्यतय एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिर्लै सर्ने सम्भावना हुन्छ ।

भाइरसबाट बच्न मासु र अण्डा राम्रोसँग पकाएर खान र लक्ष्ण देखिएमा तुरुन्त अस्पताल जाँन विज्ञहरुले सुझाब दिएका छन् ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ८ : ५३ बजे