११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


टुरिष्ट बस एशोसिएशनको अध्यक्षमा शर्मा निर्वाचित


११ माघ २०७६, शनिबार  

0
Shares

११ माघ ०७६ काठमाडौं । टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)को अध्यक्षमा ईश्वर शर्मा निर्वाचित हुनुभएको छ । एशोसिएशनको शुक्रबार साँझ सम्पन्न नवौँ साधारणसभाबाट शर्माको नेतृत्वमा सात सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै एशोसिएशनको प्रथम उपाध्यक्षमा ढकनाथ काफ्ले, द्धितीय उपाध्यक्षमा सुशील दाहाल, महासचिवमा दीपेन्द्र अधिकारी, कोषाध्यक्षमा सुजन आचार्य तथा सदस्यमा चिरञ्जीवी रेग्मी र अशोक अर्याल निर्वाचित भएका छन् ।

उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन सरकारले पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताएका थिए । प्रवक्ता तामाङले टुरिष्ट बसले आन्तरिक तथा बाह्य पर्यटकलाई दिने सेवालाई चुस्त, दुरुस्त बनाउन अनुरोत्र गरेका थिए । काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालले पर्यटकीय क्षेत्रको सुधारका लागि स्थानीय सरकार पर्यटन व्यवसायीसँग हातेमालो गरेर अगाडि बढ्न चाहेकोबाए । “पर्यटक बसपार्क निर्माणका लागि महानगरपालिका सकारात्मक छ”, उनले भने । नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य दीपक महतले पर्यटकीय बसले गुणस्तरीय यातायात सेवा दिन खेलेको भूमिका सराहनीय भएको बताए । पर्यटकीय बसपार्क निर्माणमा बोर्डको सहयोग रहने उनको भनाइ थियो ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ११ : ५९ बजे