१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका मेयर महर्जन फेरि विदेश भ्रमणमा


११ माघ २०७६, शनिबार  

0
Shares

फाइल तस्विर

११ फागुन ०७६, ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन फेरि विदेशको भ्रमणमा निस्कनु भएको छ । गरीब लक्षित सहरी पुनर्उत्थान परियोजनाको दोस्रो  छलफल कार्यक्रममा सहभागी हुन भन्दै मेयर शनिवार जापानको भ्रमण जानु भएको हो ।
विश्व बैंक र जापान सरकारको संयुक्त आयोजनामा आउँदो सोमबारदेखि शुक्रवारसम्म आयोजना हुने कार्यक्रममा सहभागी हुन उहाँ त्यसतर्फ जानु भएको हो ।
यस चरणमा ललितपुर महानगरपालिकाको अगुवाइमा गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, कीर्तिपुर र दक्षिणकाली नगरपालिकालाई लाभान्वित गराउन आवश्यक कार्यक्रम र योजनाका बारेमा छलफल हुनेछ । उक्त कार्यक्रममा ललितपुर महागरका प्रमुख सहित सहरी विकास मन्त्रालयका सहसचिव सरिता मास्के पनि जानु भएको छ।
‘वल्र्ड ब्याङक्स टेक्निकल डिप डाइभ अन क्रियटिभ सिटीज ः कल्चर एण्ड क्रियटिभिटी फर जब्स एण्ड इन्क्युसिभ ग्रोथۥ विषयक छलफलको लागि उहाँलाई निमन्त्रण आएको थियो । उहाँको भ्रमणको सम्पूर्ण खर्च आयोजक संस्थाले नै बेहोर्ने बताइएको छ ।
कार्यक्रममा उहाँले समुदायको विकासका लागि ललितपुर महानगरपालिकाले संचालन गरेको कार्यक्रम, ती कार्यक्रम कार्यान्वयन गर्दाको अनुभव लगायतका विषयमा आफ्ना धारणा प्रस्तुत गर्नु हुनेछ ।
पियुआरपीपी परियोजनाको पहिलो चरण अन्तर्गत भएका कामले ललितपुर महानगर र महानगरवासीमा भएको विकास र प्रगतिको बारेमा मेयर महर्जनले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । साथै उहाँले जापानमा भएका उत्कृष्ट र नमूना परियोजनाहरुको समेत उहाँहरुले अवलोकन गर्ने कार्यक्रम छ ।
उक्त परियोजनाको पहिलो चरणमा पिम्बहाल पोखरी (पिम्बहा पुखु ः)को पुननिर्माण र मूर्त तथा अमूर्त सम्पदा संरक्षण गर्न काम भएको थियो । पहिलो चरणको उक्त परियोजना विश्व बैंकले ‘जापानीज सोसियल डेभलपमेन्ट फण्ड’ अन्तर्गत विश्वको ३५ वटा देशमा संचालन गरेको थियो ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ७ : २७ बजे