८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (१३ माघ ०७६, साेमबार)


१३ माघ २०७६, सोमबार  

0
Shares

राशिफल माघ १३, २०७६ – 27 January, 2020, सोमवार

पञ्चाङ्ग
वि.सं. २०७६ माघ १३। सोमबार। इ.स. २०२० जनवरी २७। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० सिल्लाथ्व। माघ शुक्लपक्ष। तृतीया, ३०:३८ उप्रान्त चतुर्थी। नक्षत्र– शतभिषा, ३२:१० बजेउप्रान्त पूर्वभाद्रपदा। योग– वरियान्, २६:१० बजेउप्रान्त परिघ। करण– तैतिल, १७:४१ बजेदेखि गर, ३०:३८ बजेउप्रान्त वणिज। आनन्दादिमा अमृत योग। चन्द्रराशि– कुम्भ। काठमाडौंमा सूर्योदय– ६:५५ बजे, सूर्यास्त– १७:३९ बजे र दिनमान २६ घडी ८ पला। पञ्चक।
“पञ्चकको समयमा अन्तिम संस्कार समेत सोंच विचार गरेर गर्नु पर्छ । यो समयमा लेन-देन तथा ब्यापार जस्ता कुरा नगर्नु नै उत्तम मानिन्छ । बिवाआदिका मण्डप नबनाउनु / पञ्चकको समयमा खाट बनाउनु अशुभ मानिन्छ । यो समयमा खाट बनाउँदा संकट आउन सक्छ । शव सँगै कुश वा आटाको पुतला बनाएर जलाउँदा दोष काटिने गरुण पुराणमा उल्लेख छ । पञ्चकको समयमा दक्षीण दिशा यात्रा गर्नु अशुभ मानिन्छ । यो समयमा आगलागीको खतरा हुन्छ । धनिष्ठाको उत्तरार्ध, शतभिषा, उत्तरभाद्रपक्ष, पूर्वभद्रा पद र रेवती यी पाँच नक्षत्रलाई पञ्चक भनिन्छ । यिनै पाँच दिनमा कसैको मृत्यु भएमा पञ्चक मृत्यु भनिन्छ । यस मृत्युले त्यही घर वा कूलमा अर्को मृत्यु हुन सक्दछ भनिएको छ

राशिफल ः

मेष – पारिवारिक सहयोग प्राप्त हुनेछ । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ ।

वृष – कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला ।

मिथुन – पारिवारिक वातावरण पनि तपाईंको अनुकूल हुने छैन । शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।

कर्कट – पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ ।

सिंह – नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आर्थिक लाभ प्राप्त होला ।

कन्या – परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । कसैसंग सामान्य झगडा पनि हुन सक्छ ।

तुला – कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ ।

वृश्चिक – तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहने छ ।

धनु – हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् ।

मकर – नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । स्वास्थ्यमा समस्या देखा पर्ने देखिन्छ ।

कुम्भ – हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन—अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।

मीन – आर्थिक पक्ष सुदृढ बन्नेछ . न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ६ : २१ बजे