९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अब उत्तरी नाकाबाट झोले र पोके समान आयातमा प्रतिबन्ध


१३ माघ २०७६, सोमबार  

0
Shares

१३ माघ ०७६, रसुवा । उत्तरी नाका रसुवागढीबाट बिना इजाजत झोला र पोकामा चिनियाँ सामान आयात गर्र्न प्रतिबन्ध गरिएको छ ।
भन्सार कार्यालय टिमुरेले ६८ औँ विश्व भन्सार दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा घरेलु प्रयोजन भन्दै झोला पोकामा सामान आयात बृद्धि भएपछि प्रतिबन्ध लगाइएको जानकारी दिएको छ ।

कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बिना इजाजत झोला र पोकामा चिनियाँ सामान आयात गर्र्न प्रतिबन्ध गरिएको बताउनुभयो । उहाँले शुल्क नतिरी ल्याइएका सबै खाले झोले पोके व्यापारीको सामान जफत गरिने । स्थायी लेखा नम्बर र वाणिज्य दर्ता प्रमाणपत्र लिई आयातनिर्यातको गर्न चाहने सबै व्यक्तिलाई सम्पर्क राख्न कार्यालयले अनुरोध गरेको छ ।

सशस्त्र प्रहरी भन्सार सुरक्षा एवं राजश्व चुहावट नियन्त्रण २१ नम्बर गुल्मका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाले बिना इजाजतका झोले पोके व्यापारी नियन्त्रण गरिने छ भन्नुभयो । यही माघ १० गतेसम्म आयातनिर्यात भएका सामग्रीबाट भन्सार शुल्क कूल रु १९ अर्ब ७२ करोड ६४ लाख ४५ हजार राजश्व आर्जन भएको कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले सरकारले निर्धारण गरेका भन्सार शुल्क बुझाउन व्यापारीलाई आग्रह गर्दै राजश्व सङ्कलनमा अह्रोरात्र योगदान दिनुहुने भन्सार कार्यालयका सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिनुभएको थियो । सोही कार्यक्रममा राजश्व सङ्कलनमा सहयोग पु¥याउनु हुने भन्सार अधिकृत विष्णुकुमार श्रेष्ठलाई सर्वोकृष्ट कार्यालय सहयोगी धनबहादुर तामाङलाई पुरस्कृत गरिएको थियो ।

यस्तै नेपाल र चीनबीच आइतबार रसुवागढीमा कोरोना भाइरस रोगथामसम्बन्धी छलफल सम्पन्न भएको छ । सीमा क्षेत्रमा त्यस्ता रोग लागेका व्यक्तिलाई आवतजावतमा रोक लगाउने अस्पताल पठाउने र शङ्कास्पद व्यक्ति देखिएमा रसुवागढीमा रहेको हेल्थडेस्कमार्फत परीक्षण गराउने व्यवस्था मिलाइएको प्रजिअ भण्डारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ९ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।