१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कटुञ्जेमा जनसहयोगबाट ट्राफिक प्रहरी भवन निर्माण


१३ माघ २०७६, सोमबार  

0
Shares

१३ माघ ०७६, भक्तपुर । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका–६ कटुञ्जेमा महानगरीय ट्राफिक प्रहरी कार्यालय भवन निर्माण सम्पन्न भएको छ । साँघुरो भाडाको घरमा बस्दै आएका ट्राफिक प्रहरीलाई सुविधासम्पन्न भूकम्प प्रतिरोधी आफ्नै भवन पाएपछि कार्यालय सञ्चालनदेखि ब्यारेकको बसाइ सहज हुने भएको छ ।

त्यस्तैगरि कूल १३ आना जग्गामा करिब रु एक करोड ५० लाखको लागतमा भवन बनेको समितिका अध्यक्ष नवीन प्रजापतिले जानकारी दिनुभयो । दुईतला आधा रहेको यो भवनमा नौ कोठा, मेस, महिला ब्यारेक, इञ्चार्ज कक्ष, कार्यालय प्रमुखको आवास, जुनियर प्रहरी अधिकृत ब्यारेक, प्रहरी हवल्दार र प्रहरी जवानको ब्यारेक, सभाकक्ष , प्रतीक्षालय, र छ शौचालय रहेको ट्राफिक प्रहरी हवल्दार ईश्वरप्रसाद बञ्जाराले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  १० : २२ बजे