१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


आफ्नै छोरी बलत्कार गर्ने वावु पक्राउ


१५ माघ २०७६, बुधबार  

0
Shares


१५ माघ ०७६, झापा ।आफ्नै सात वर्षीया छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले कानकाई नगरपालिका–१ निवासी एक व्यक्तिलाई पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी छोरीलाई करणी गर्ने ३० वर्षीय बुबालाई पक्राउ गर्दै मङ्गलबार हाडनाता करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार बालिकाकी आमा केही वर्षअघि अर्कैसँग गएपछि बालिका हजुरबुबा र हजुरआमाको संरक्षणमा बस्दै आएकी थिइन् । हजुरआमासमेत शारीरिक रूपमा अशक्त रहेको अवस्थामा हजुरआमासँग सुतिरहेकी छोरीलाई आफूसँग सुत्न बोलाएर करणी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ८ : २२ बजे