माघ १५, चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले चितवनको भरतपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत रामकुमार अधिकारीलाई हिजो मंगलवार घूससहित पक्राउ गरेको छ ।
त्यस्तैगरि अधिकारीलेविद्युतीय बीजक जारी गर्ने अनुमति पत्र बनाई दिने भनेर सेवाग्राहीबाट रू।१० हजार घूस लिइसकेको अवस्थामा पक्राउ गरेको हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट गएको टोलिले अधिकारीलाई कार्यकक्षबाट घूससहित नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।
अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको आयोगले जानकारी दिएको छ ।
प्रतिक्रिया