१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटनमा सत्यमोहन जोशीको चित्रै चित्र


१५ माघ २०७६, बुधबार  

0
Shares


१५ माघ ०७६, ललितपुर । संस्कृतिविद् तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा आज ‘वाङ्मय शताब्दी पुरुष राष्ट्रिय चित्रकला प्रतियोगिता’को आयोजना गरिएको छ । योङ पिकासोको प्रस्तुति तथा सहयात्रा र श्री शान्ति विद्याश्रमले आयोजना गरेको सो प्रतियोगितामा शताब्दी पुरुष जोशीका सयौँ चित्र कोरिएको छ । सो प्रतियोगितामा ३०० भन्दामाथि चित्रकारले सहभागिता जनाएका थिए ।
सोही अवसरमा प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले शताब्दी पुरुष जोशीको कोरिएका चित्रले उहाँलाई सदा जीवन्त बनाउन भूमिका खेल्ने बताउनुभयो । तेह्र वर्षसम्मको उमेर समूहमा १८०, खुला समूहमा ११० र २० जना अतिथि चित्रकारले शताब्दी पुरुष जोशीको प्रत्यक्ष चित्र कोरेका थिए ।
प्रतियोगितामा उमेर समूहतर्फ सुशन जाति प्रथम, सर्वेद महर्जन दोस्रो र र समृद्ध राणा तेश्रो भएका छन् । उनीहरुलाई क्रमशः नगद रु १२ हजार, आठ हजार र पाँच हजार पुरस्कार प्रदान गरिएको छ । खुला समूहतर्फ रोशन डङ्गोल प्रथम, सुशन महर्जन दोस्रो र सुवोध सिवाह सिम्बा तस्रो भएका छन् । उनीहरुलाई क्रमशः नगद राशि रु २० हजार, १५ हजार र १० हजारबाट पुरस्कृत गरिएको छ ।
समारोहमा वाङ्मय शताब्दी पुरुष राष्ट्रिय चित्रकला सम्मान २०२० बाट वरिष्ठ चित्रकार गोविन्द नारायण ज्यापुलाई सम्मान गरिएको छ । ज्यापुलाई १० हजार १०० नगदसहित सम्मानपत्र प्रदान गरिएको हो । उमेर समूहका चित्रमध्ये उत्कृष्ट ३० चित्रलाई माघ २४ देखि २७ गतेसम्म प्रदर्शनीमा राखिएको कार्यक्रम निर्देशक अजय देशारले जानकारी दिनुभयो । उक्त प्रदर्शनीमा ८० देशका बालचित्रकारका चित्र पाटन सङ्ग्रहालयमा प्रदर्शित गरिने कार्यक्रमका संयोजक बाल मुकुन्द आचार्यले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ८ : ५३ बजे