११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


शङ्खधर उद्यान निर्माणका लागि काठमाडौँ महानगरपालिकाले रु. १ करोड


१५ माघ २०७६, बुधबार  

0
Shares

चेक हस्तान्तरण गर्दै काठमाडौंका मेयर विद्यासुन्दर शाक्य ।

१५ माघ ०७६, मध्यपुरथिमि । मध्यपुरथिमि नगरपालिकाले शङ्खधर चोकमा निर्माण गर्न लागिएको प्राचीन र परम्परागत शैलीको शङ्खधर उद्यान निर्माणका लागि काठमाडौँ महानगरपालिकाले रु. १ करोड सहयोग गरेको छ । नगरपालिका शङ्खधरचोकमा आज आयोजना गरिएको कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई रु एक करोडको चेक हस्तान्तरण गर्नुभयो ।
अन्तरनगर साझेदारी कार्यक्रमअन्तर्गत शङ्खधर उद्यान निर्माण गर्न कामपा र नगरपालिकाबीच सम्झौता र शुभारम्भ कार्यक्रममा आज प्रमुख शाक्यले उक्त पार्कको शिलान्यास गर्नुभयो ।


मध्यपुरथिमि नगरपालिकाले प्राचीन र परम्परागत शैलीमा निर्माण गर्न लागेको शंखधर पार्कको शिलान्यास गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य । महानगर प्रमुख शाक्यले पार्क निर्माणका लागि सहयोगस्वरुप रु एक करोडको चेक मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई आज हस्तान्तरण गर्नुभएको छ । तस्बिर ः रमेश गिरी, भक्तपुर÷रासस

महानगरपालिकाका प्रमुख शाक्यले नगर–नगर साझेदारीअन्तर्गत कामपाले काठमाडौँका १० नगरपालिकालाई रु एक करोडका दरले सहयोग प्रदान गरेको बताउँदै काठमाडौँ जिल्लाबाहेक आज मध्यपुरथिमि नगरपालिकालाई रु एक करोड हस्तान्तरण गर्नुभएको छ । उहाँले यो सहयोग शुरुआती भएको र आगामी दिनमा अझै थप सहयोग गरिँदै जाने बताउनुभयो ।
कामपा प्रमुख शाक्यले शहीद गङ्गालाल हृदयरोग केन्द्रलाई आजै रु तीन करोड सहयोग गरिएको बताउँदै उक्त अस्पतालमा अक्सिजन प्लान्ट खरिद गर्न लाग्ने सम्पूर्ण रकम कामपाले खर्च गर्ने घोषणा भएको जानकारी दिनुभयो । मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठले शङ्खधर पार्कको सम्पूर्ण गुरुयोजना सम्पन्न गर्न रु १३ करोड लाग्ने बताउँदै महानगरपालिकाले दिएको रु एक करोडले खुट्किला, शङ्ख रहने संरचना निर्माण हुने जानकारी दिनुभयो । पार्कमा ढुङ्गेधारा निर्माण भइसकेको र एमपी थियटरलगायत अन्य संरचना निर्माण बाँकी भएकाले आगामी दिनमा पनि महानगरपालिकाकै सहयोगमा पार्क निर्माण सम्पन्न गरिने बताउनुभयो ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ९ : १९ बजे