८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल ( १६ माघ ०७६, बिहिबार )


१६ माघ २०७६, बिहिबार  

0
Shares

राशिफल माघ १६, २०७६ – 30 January, 2020, बिहिवार

पञ्चमी – श्रीपञ्चमी (शिक्षण संस्था मात्र)/ सरस्वती पूजा/ वसन्तश्रवण/ वसन्त पञ्चमी/ राष्ट्रिय सहिद दिवस

पञ्चाङ्ग
वि.सं. २०७६ माघ १६ गते बिहीबार, इ.स. २०२० जनवरी ३०, शकसंवत् १९४१। परिधावी संवत्सर उत्तरायण शिशिर ऋतु। ने.सं. ११४० सिल्लाथ्व। माघ शुक्लपक्ष पञ्चमी, १०:५२ उप्रान्त षष्ठी नक्षत्र– उत्तरभाद्रपदा, १३:१९ बजेउप्रान्त रेवती। योग– सिद्ध, २७:३८ बजेउप्रान्त साध्य। करण– वालव, १०:५२ बजेदेखि कौलव, २३:५७ बजेउप्रान्त तैतिल। आनन्दादिमा छत्र योग। चन्द्रराशि– मीन। काठमाडौंमा सूर्योदय– ६:५४ बजे, सूर्यास्त– १७:४१ बजे र दिनमान २६ घडी ८ पला। पञ्चक। वसन्त पञ्चमी (श्रीपञ्चमी), वसन्त श्रवण ,सरस्वती पूजा रति–काम पूजा। हलसाराे गर्ने दिवस। शहीद दिवस , सर्वार्थसिद्धि योग १३:१९ बजेदेखि।

राशिफल 

मेष – नयाँकामहरू पाउने योग छ । शैक्षिकव्यवसाय गर्नेहरुका लागि समय अनुकूल रहनेछ । वैदेशिक कार्यहरू सुचारु भएर जानेछ ।

वृष – उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ ।

मिथुन – लेनदेनमा विवाद बढ्ने सम्भावना छ । विगतको श्रमबाट भने लाभ हुनेछ। काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ ।

कर्कट –  विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।

सिंह – विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने सजिलै मिल्नेछ । पति–पत्नीबीचको सम्वन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुनेछ ।

कन्या – सोचेको समयमा सम्पादन गर्न नसकिएला । आत्मीय जनसँग असमझदारी वा मनमोटाव बढ्ने देखिन्छ । निर्णायक क्षमतामा कमी आउला ।

तुला – आमदानीका अवसरहरू प्रशस्त प्राप्त हुनेछन् । भुलेका मित्रहरुले सम्झनेछन्, तर कसैसंग झगडा हुन सक्छ । विद्यार्थीहरुका लागि दिन राम्रो छ ।

वृश्चिक – आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले वादविवाद हुन सक्छ । सहयोगीहरू टाढिन सक्छन् ।
धनु – कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ । काम लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन् ।

मकर – खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ । भेटघाटको अलमलले आजको योजना बिग्रन सक्छ, ध्यान पुर्याउनु होला ।

कुम्भ – प्रेम प्रसङ्गअघि बढ्दा पढाईमा केही कमी हुन सक्ने भएकोले संयम हुनुहोला । निको भइसकेको रोगले पुन सताउने देखिन्छ ।

मीन – अरुको विश्वास सजिलै जित्न सकिनेछ । बौद्धिक कार्यमा तीब्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहिबार  ६ : ०३ बजे