१२ असार २०८१, मंगलबार | Tue Jun 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


प्रधानमन्त्रीद्धारा शहीदप्रति श्रद्धाञ्जली व्यक्त


१६ माघ २०७६, बिहिबार  

0
Shares

 

१६ माघ ०७६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । शहीद दिवसको अवसरमा लैनचौरस्थित शहीद स्मारक पुगेर प्रधानमन्त्री ओलीले शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।

त्यस्तैगरि देश र जनताका लागि आफ्नो जीवनको आहुति दिने शहीदको सम्झना गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने अमर शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले जहानियाँ राणा शासन, निरंकुश पञ्चायती र राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरी शहीदको आत्मबलिदान मार्फत सामाजिक न्याय, कानूनी शासन र जनाधिकारसहितको न्यायपूर्ण व्यवस्था प्राप्त भएको स्मरण गर्नुभएको छ ।

शहीदको सम्मानमा बिहीबार बिहान रत्नपार्कको शान्तिबाटिकाबाट लैनचौरस्थित शहीद स्मारकसम्म प्रभातफेरी गरिएको थियो । प्रभातफेरीमा सरकारी उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायका ब्याण्ड टोली र मार्चपास सहितको टोलीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहिबार  १ : ५७ बजे