२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


चाबहिलबाट गैंडाको खागसहित दुई जना पक्राउ


१६ माघ २०७६, बिहिबार  

0
Shares

१४ माघ ०७६, काठमाडौं । काठमाडांँको चाबहिलबाट गैंडाको खागसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
त्यस्तैगरि पक्राउ पर्नेमा काठमाडौं खड्गभद्रकालीका ४६ वर्षीय लव खत्री र बाजुराको बुढीगंगाका २२ वर्षीय दिनेश थापा रहेको छन् । उनीहरुले चाबहिल एरियामा गैंडाको खाग २५ लाखमा बेच्न बार्गेनिङ गरिरहेको भन्ने गोप्पसूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

खत्री र थापाको शरीर तथा कोठा खानतलासी गदर्न गैडाको एक थान खाग फेला पारी पक्राउ गरिएको महाशाखाले जानकारी दिएको छ ।
उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहिबार  २ : ५५ बजे