१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दश रुपैयाँको खाना १५ हजारले खाएपछि


१६ माघ २०७६, बिहिबार  

0
Shares


बिर्तामोडका युवा व्यवसायी प्रवीण अग्रवाल, मनोज अग्रवाल र पुरुषोत्तम अग्रवालले गरिब, असहायलाई लक्षित गरी रु १० मा वितरण गरेको खाना खाँदै स्थानीयवासी । मेची अञ्चलकै प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको बिर्तामोडमा एक महिनादेखि सञ्चालित खाना दैनिक पाँचसय जनाले खाँदै आएका छन ।

१६ माघ ०७६, विर्तामोड । गरिब, असाहयलाई लक्षित गर्दै बिर्तामोडका व्यवसायीले दश रुपैयाँमा वितरण गरेको खाना करिब १५ हजारले खाएका छन् ।
मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा गत पुस १६ गतेदेखि सञ्चालन गरिएको १० रुपैयाँको खाना आजसम्म वितरण गरिएको हो । विर्तामोडका युवा व्यवसायी प्रविण अग्रवाल, मनोज अग्रवाल र पुरुषोत्तम अग्रवालले विपन्न समुदायलाई लक्षित गर्दै वितरण गरिएको खाना दैनिक ५०० जनाले खाने गरेको प्रविणले बताउनुभयो । दैनिक १५ हजार रुपैयाँ खर्च गर्दै एक महिनासम्म चिसोको समयमा खाना प्रदान गरिएको अग्रवालको भनाइ छ ।
मानवताको सेवा नै जीवनको सर्वाेत्तम कार्य भएको उल्लेख गर्दै उहाँले यो कार्य आगामी वर्षमा पनि निरन्तरता प्रदान गरिने बताउनुभयो । सेवा भावले १० रुपैयाँमा खाना वितरण गर्न थालिएपछि सबैभन्दा बढी दैनिक ज्यालादारीमा काम गर्ने मजदूरहरुले खाना खाएको बताइएको छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहिबार  १० : ४५ बजे