१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा ‘अन्तर्रा्ष्ट्रिय मेयर सम्मेलन २०२०’


१७ माघ २०७६, शुक्रबार  

0
Shares

उपत्यका नगरपालिका फोरमको आयोजनामा आगामी असोज २१ देखि २४ गतेसम्म काठमाडौँमा हुने अन्तर्राष्ट्रिय मेयर सम्मेलन २०२० को वेबसाइट (डब्ल्युडब्ल्युडब्ल्युडटआइएमई–२०२०डटओआरजीडटएनपी) शुुभारम्भ कार्यक्रममा सहभागी काठमाडौँ महानगरपालिकाका प्रमुख एवं फोरमका अध्यक्ष विद्यासुन्दर शाक्य लगायत ।

१७ माघ ०७६, काठमाडौं । आगामी असोज २१ देखि २४ गतेसम्म नेपालमै पहिलोपटक ‘अन्तर्रा्ष्ट्रिय मेयर सम्मेलन २०२०’ आयोजना हुने भएको छ । उपत्यका नगरपालिका फोरमले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलनबारे जानकारी गराएको हो ।
सम्मेलनमा काठमाडौँ उपत्यकाभित्रका नगरसँग भगिनी सम्बन्ध भएका अन्तर्रा्ष्ट्रिय शहर, सार्क तथा दक्षिण र दक्षिण पूर्वी एशियाका राजधानीलगायत प्रमुख शहर, युनेस्को तथा विश्व सम्पदा शहरहरुको सङ्गठनमा आबद्ध सम्पदा शहरका नगरप्रमुख सहभागी हुनेछन् ।
कार्यक्रममा महानगरका प्रमुख एवं उपत्यका नगरपालिका फोरमका अध्यक्ष विद्यासुन्दर शाक्यले ‘डब्लुडब्लुडब्लु डट आइएमसी–२०२० डट ओआरजी डट एनपी’ वेबसाइट पनि सार्वजनिक गर्नुभएको थियो । साइटमा सम्मेलनका सूचना तथा जानकारीसँगै काठमाडौँ उपत्यकाका १८ वटै नगरका विवरण राखिनेछन् ।
कार्यक्रममा प्रमुख शाक्यले कार्यक्रममा विश्वका विभिन्न देशका नगरप्रमुख, नीतिनिर्माता र योजनाविद्का बीचमा शहरहरुको दिगो रुपान्तरणका दिशामा प्राप्त उपलब्धि र अनुभवको आदानप्रदान बताउनुभयो । शहरीकरण सम्पदा संरक्षणसित प्रत्यक्ष सरोकार राख्ने पर्यावरणीय मुद्दामा समान धारणा बनाउने सम्मेलनको अर्को लक्ष्य रहेको पनि प्रमुख शाक्यले जानकारी गराउनुभयो ।
भक्तपुर मध्यपुर थिमी नगरका प्रमुख एवं फोरमका सचिव मदनसुन्दर श्रेष्ठले शहरहरुका बीचमा सामाजिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रमा सहयात्राका सम्भाव्यता पहिल्याउन द्विपक्षीय र बहुपक्षीय संवादको शुरुआत हुनेछ भने समुदायको सशक्तिकरण तथा सुशासनका माध्यमबाट विभिन्न क्षेत्र, जाति र विचारमा बाँडिएका जनताबीच सामाजिक सद्भाव, आपसी सम्मान र विश्वास हुने धारणा राख्नुभयो ।
सम्मेलनमा आपसी ज्ञान र सीप अभिवृद्धि गर्ने कोणबाट लाभदायी हुने उहाँले बताउनुभयो । सम्मेलनमा मेयर र विज्ञबाट कार्यपत्र प्रस्तुत गरिनाका साथै पाहुनालाई उपत्यकामा भएका विश्व सम्पदा र अन्य चाखलाग्दा क्षेत्रको भ्रमण अवलोकन गराइनेछ । यसरी हुने भ्रमण अवलोकनबाट नेपाल र नेपालीको खास तथा सद्भावका बारेमा अन्तर्रा्ष्ट्रिय नगर र त्यहाँका नागरिकमा सूचना प्रवाहमा सहयोग पुग्ने विश्वास प्रमुख श्रेष्ठको छ ।
नीतिनिर्माता तथा योजनाविद्लाई निमन्त्रणा गरिने सम्मेलनले नेपाल भ्रमण वर्ष २०२० ले निर्दिष्ट गरेको लक्ष्यलाई टेवा पु¥याउने अपेक्षा गरिएको छ । बढ्दो शहरीकरण, सम्पदा संरक्षण, पर्यावरण तथा आर्थिक समृद्धि हासिल गर्न नगरहरुले चालेका कदम आपसमा आदानप्रदान हुने सम्मेलनबाट आयोजकलाई नयाँ गति प्राप्त हुने अपेक्षा गरिएको छ ।
–––
एयधभचभम द्यथ इचकयल क्ष्लायतभअज

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ९ : ३८ बजे