११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको नख्खु–बुङ्गमती सडक अझैं अलपत्र


१७ माघ २०७६, शुक्रबार  

0
Shares

१७ माघ ०७६, ललितपुर । विस्तारका क्रममा रहेको नख्खु खोलाबाट भँैसेपाटी हुँदै बङ्गमतीसम्मको सडक अझैं अलपत्र अवस्थामा रहेको छ । तीन वर्ष पहिले शुरु भएको सडक विस्तारका क्रममा विभिन्न अवरोधका कारण ठेक्का सम्झौताको अवधि सकिँदा समेत आधा मात्रै सकिएको हो । दुई ठेक्कामार्फत निर्माण अघि बढाइएका एउटा खण्डमा भौतिक प्रगति ६० प्रतिशत र अर्काेमा ४० प्रतिशत गरी औसतमा ५० प्रतिशत प्रगति देखिएको हो ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणले सडकको सीमाङ्कनमा गरेको ढिलाइले पनि निर्माण अघि बढाउन गारो परेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार प्राधिकरणले चिन्ह लगाएर सडक खाली गराएपछि आयोजनाले निर्माण व्यवसायीमार्फत विस्तारित सडकमा निर्माणको काम अघि बढाउँछ । यस सडकको केही स्थानमा विद्युत्, टेलिफोनका तार र कतिपय स्थानमा रुखसमेत हटाउन कठीन भएको थियो । उहाँले भन्नुभयो, “काम गर्न साइट खाली गराउन हामी सहजीकरण गरिरहेका छौँ ।” निर्माणस्थलमा रहेका बिजुलीका पोल र पाइप नहटाउँदासम्म निर्माण व्यवसायीले काम नगरेको भन्न नमिल्ने इञ्जिनीयर श्रेष्ठले बताउनुभयो । पाँच किलोमिटर लम्बाइको सो सडक निर्माणको काम विसं २०७३ असारदेखि शुरु भएको थियो । आशिष बिरुवा सिएम जेभीले तीन दशमलव पाँच र पप्पु महालक्ष्मी वल्डवाइड जेभीले एक दशमलव पाँच किमी सडक निर्माण गर्ने गरी सम्झौता भएको थियो । विस्तारका क्रममा रहेका काठमाडौँ उपत्यकाका १२ सडकमध्ये अधिकांशमा जग्गा र घरको मुआब्जा विवाद रहेको थियो । यी सडकमा निर्माणाधीन सडकको ठेक्का सम्झौता अवधि सकिँदा वा थोरै समय बाँकी हुँदा पनि भौतिक प्रगति भने कम छ । तीन वर्ष पहिले २० देखि २२ मिटर कायम गर्ने र सडकमा आवश्यक पूर्वाधार निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको थियो । मापदण्डअनुसार चौडाइ कायम हुन नसकेका स्थानमा सडक विभागले उपलब्ध चौडाइमा सडक कालोपत्र अघि बढाइरहेको छ ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ९ : ५६ बजे