१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


शनिबार ललितपुरमा छ घण्टा लोडशेडिङ


१७ माघ २०७६, शुक्रबार  

0
Shares

१७ माघ ०७६, ललितपुर । शनिबार बिहान ललितपुरको केही ठाउँमा लोडशेडिङ हुने भएको छ ।

पुल्चोक वितरण केन्द्रको टेकु पुल्चोक फिडरबाट वितरण गरिएको ११ केभी लाइनमा सेक्सनलाइजर राख्ने तथा जम्परहरु मर्मत गरेर फिडर सुधार गर्नुपर्ने भएकोले शनिबार बिहान एघार बजेदेखि बेलुकी पाँच बजेसम्म जम्मा ६ घण्टा बत्ती निभाइने पुल्चोक वितरण केन्द्रकी सूचना अधिकारी लिला अर्यालद्वारा जारी विज्ञप्तिमा मार्फत जानकारी गराउनु भयो ।

त्यस्तै पुल्चोक फिडर अन्तर्गत बल्खु, सानेपा साँचल, सानेपा चोक, प्रधानसेनापति निवास, झम्सीखेल चोक, सीजी कार्यालय एरियालगायतका क्षेत्रहरुमा बत्ती काटिने नेपाल विद्युत प्राधिकरण पुल्चोक वितरण केन्द्रले जानकारी दिएको छ ।

तर मर्मत सुधारका काम निर्धा्रित समय अगाडि नै सकिएको खण्डमा बेलुका पाँच बजे भन्दा अगाडि नै बत्ती आउनसक्ने जनाएको छ ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  १० : ०९ बजे