१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चापागाउँमा कराते प्रतियोगिता शुरु


१७ माघ २०७६, शुक्रबार  

0
Shares

नगरपालिको कार्यक्रममा सहभागीहरु ।

१७ माघ ०७६, ललितपुर । गोदावरी नगरपालिका–११ चापागाउँको सरस्वती चउरमा दोस्रो मेयर कप तथा पन्धौँ क्योकुशिन र प्रथम एफआइकेके राष्ट्रियव्यापी क्योकुशिन कराते प्रतियोगिता शुरु भएको छ ।
‘खेलाडी राष्ट्रका अमूल्य गहना हुन्’ भन्ने मूल नाराका साथ बज्रबाराही फेडरेशन इन्टरनेशनल कराते क्योकुशिनकाई डोजो बज्रबाराही चापागाउँ शाखाको आयोजनामा आजदेखि उक्त प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै नगरपालिका प्रमुख गजेन्द्र महर्जनले खेलकूद विकासका लागि नगरपालिका लागि परेको बताउनुभयो । उहाँले भन्नुभयो, “समाजका युवाहरुलाई सही मार्गमा डो¥याउन खेलकूदको भूमिका महत्वपूर्ण छ । यसै अनुसार यहाँभित्र विभिन्न खेलकूद प्रतियोगिताहरु आयोजना भइरहेका पनि छन् ।” गोदावरीलाई धार्मिक र सांस्कृतिक पर्यटनका साथै खेलकूदको माध्यमबाट पनि परिचित गराउने अठोटका साथ काम भइरहेको प्रमुख महर्जनले बताउनुभयो ।
बज्रबाराही डोजोका प्रमुख जय देसारले सो प्रतियोगितमा देशैभरका सातै प्रदेशबाट ९२ खेलाडी सहभागी भइरहेका जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस प्रतियोगितमा पुरुषतर्फ अनडर ३०, ४०, ४५, ५० र ५५ केजी तौल समूहका र महिलातर्फ २५ केजी र खुला तौल समूहका प्रतिस्पर्धात्मक खेल जारी छ ।” सो प्रतियोगिता दुई दिनसम्म चल्ने देसारले बताउनुभयो ।
प्रारम्भिक चरणका खेल र सेमिफाइनलका केही खेलहरु आज सम्पन्न भएका छन् भने सेमिफाइनलका बाँकी खेल र फाइनलका खेल भोलि सम्पन्न हुने बताइएको छ ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  १० : ३० बजे