१७ माघ ०७६, बागलुङ । बागलुङको तमानखोला गाउँपालिका–१ बिसोकमा आफ्नै श्रीमतीले धकेलेर ठोकिँदा चोट लागेर श्रीमानको मृत्यु भएको छ । सामान्य घरायसी विवाद हुँदा उनीहरुबीच कुटाकुट नै भएको स्थानीयवासीले जानकारी गराएका छन् । त्यस्तै श्रीमती गम्भीर घाइते भएकी छिन् ।
त्यस्तैगरि माघ १६ गते घरायासी विवादको क्रममा ६४ वर्षीय रविलाल विकले ६० वर्षीया श्रीमती जमुना विकलाई कुटेका थिए । कुटपीटको क्रममा श्रीमती जमुना विकले धकेल्दा टाउँकोमा चोट लागेर रविलाल घाइते भएको प्रहरीले जानकारी दिएको छ । टाउकोमा गम्भीर चोट लागेका विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
श्रीमान् श्रीमतीबीच सधैँजसो सामान्य विषयमा पनि भनाभन हुने गरेको र बिहीबार रविलालले कुटपिट गरेपछि जमुनाले धकेल्दा घरको भित्तामा ठोक्किँएर मृत्यु भएको भन्दै स्थानीयवासीले आज बिहान प्रहरीचौकी बोङगादोभानमा खबर गरेका थिए । मृत्यु भएका रविलालको शव परीक्षणको लागि बुर्तिवाङ स्वास्थ्यचौकीमा राखिएको छ ।
घाइते जमुनालाई उपचारको लागि धौलागिरि अञ्चल अस्पताल बागलुङमा ल्याइएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिनुभयो ।
प्रतिक्रिया