१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


प्रहरीको सई भनी ठगी गर्ने पक्राउ


१७ माघ २०७६, शुक्रबार  

0
Shares


१७ माघ ०७६, काठमाडौं ।
नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक (सई) भनी ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले ‘नेपाल प्रहरीको सई हुँ, एयरपोर्टमा कार्यरत छु’ भन्दै सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका लक्ष्मण गिरीलाई ठगी गर्ने रामेछापका २६ वर्षीय राजु कार्कीलाई बिहीबार साँझ कलङ्कीबाट पक्राउ गरेको हो । महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले पक्राउ कार्कीले आफू सई भएको र आफ्नो खातामा ३० लाखभन्दा बढी रकम रहेकामा छानबिन हुने डरले गिरीलाई रकम पठाउनका लागि दुवै व्यक्तिबीच बैंकको ट्रान्जेशन हुनुपर्छ भनी गिरिसँग तीन लाख लिएर ठगी गरेको बताउनुभयो । “गिरीसँग कार्कीले तीन लाखको चेक लिएर नेपाल बैंक लिमिटेड कालीमाटीमा पैसा साटी ठगी गरेको अनुसन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो । पक्राउ परेका कार्कीलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको महाशाखाले जनाएको छ । प्रहरीले पक्राउ परेका कार्कीसँग नगद रु सात हजार ५००, मोटरसाइकल एक, मोबाइल सेट एक र मोटरसाइकलको ब्लू बुक एक थान बरामद गरेको छ । पक्राउ परेका कार्की यसअघि पनि ठगी मुद्दामा ६ महिना कैद र रु ६८ हजार धरौटीमा छुटेका व्यक्ति हुन् ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  १० : ४८ बजे