१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काभ्रेको भुम्लुमा चितुवाको आतङ्क


१८ माघ २०७६, शनिबार  

0
Shares

१८ माघ ०७६,काभ्रे । काभ्रेकोभुम्लु गाउँपालिकास्थित जङ्गल आसपासका बस्तीमा चितुवाको आतङ्क मच्चिएको छ। केही दिनदेखि चितुवाले गोठ तथा छाप्रामा बाँधिएका बाख्रा मार्ने र खाने गरेपछि स्थानीय बासिन्दा निकै चिन्तामा छन्।

वडा नं ७ टारका हरिहर उप्रेतीले चितुवाले गत बिहीबार राति आफ्नो गोठभित्रका आठ बाख्रा मारिदिएको बताए। गोठको ढोका फोरेर चितुवाले एउटा पाठी आधा खाएको अन्यलाई घाँटीबाट रगत चुसेर मारेको उनले जानकारी दिए। उनका अनुसार शुक्रबार राति पनि चितुवाले स्थानीय लक्ष्मी रिजालका दुई बाख्रा मारिदिएको छ।

त्यस्तैगरि टार आसपास रहेका कुकुरलाई चितुवाले मारेको उप्रतीले बताए। ुचितुवाले बाख्रा र कुकुरलाई मार्न थालेपछि बस्तीका बासिन्दा त्रसित अवस्थामा छन्,ु उनले भने। चितुवाले बालबालिकालाई समेत आक्रमण गर्नसक्ने भएकाले साँझदेखि नै बाहिर ननिस्कने गरिएको पीडित उप्रेतीले जानकारी दिएका छन्। वडाध्यक्षलाई जानकारी गराई सिफारिशसहित प्रहरी चौकी जाने तयारीमा रहेको उनले बताएका छन्।

चितुवाले जङ्गल आसपासका बस्तीमा गोठभित्रै बाख्रा मारेको खबर पीडितबाट आएको वडा नं ७ का अध्यक्ष मोतीलाल तामाङले बताएका छन् । उनले भने, ुसतर्कता अपनाउन सचेत गराइएको छ, आतङ्क न्यूनीकरणबारे सम्पूर्ण जनप्रतिनिधिसहित छलफल गर्ने योजनामा छौं।ु केही दिनदेखि गाउँपालिकाका केही स्थानमा दिउँसोसमेत चरिरहेका बाख्रालाई चितुवाले जङ्गलबाट आएर मार्ने गरेको खबर आउन थालेको उनलेजानकारी गराएका छन्।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ४ : ०२ बजे