१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरमा सवारी दुर्घटना हुँदा एकको मृत्यु


१८ माघ २०७६, शनिबार  

0
Shares

१८माघ,०७६, भक्तपुर । भक्तपुर नगरपालिका–२ ख्वप कलेज नजिक चाँगुबाट डेकोचातर्फ आउँदै गरेको बा१३च १०५० नंको सामान बोक्ने गाडी गएराति आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परिसोही नगरपालिका ६ बस्ने १७ वर्षीय उज्वल कासुलाको जनस्वास्थ्य अस्पताल च्यामासिंहमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

त्यस्तैगरि वडा नं ६ बस्ने ३८ वर्षीय राधेश्याम लवजुलाई र सवारी साधन र चालक पक्राउ गरेको र मृतकको शव परीक्षणका लागि भक्तपुर अस्पताल पठाएको गिरीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ४ : ४४ बजे