१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गाउँपालिकाको लगानीमा सशस्त्र प्रहरी बलको बेसक्याम्प


१८ माघ २०७६, शनिबार  

0
Shares

 

१८ माघ ०७६,खोटाङ। ,खोटाङको जन्तेढुङ्गा गाउँपालिकाको चिसापानीमा गाउँपालिकाको लगानीमा सशस्त्र प्रहरी बलको सुरक्षा बेसक्याम्पको भवन निर्माण शुरु गरिएको छ । स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको जग्गामा गाउँपालिकाको रु ६९ लाख लगानीमा पाँच भवन निर्माणको काम थालिएको हो ।

विसं २०६६ मा स्थापना गरिएको सुरक्षा बेसक्याम्प भवन अभावमा अन्यत्र सर्ने तयारी गरेपछि गाउँपालिकाको लगानीमा भवन निर्माणको काम थालिएको गाउँपालिका प्रमुख शङ्करबहादुर राईले बताए । सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्पका लागि स्थानीय नरमाया खड्काले साढे तीन रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ । भवन निर्माणका लागि गाउँपालिकाले गरेको अनुरोधलाई सम्बोधन गर्दै अहिले बेसक्याम्पका लागि ११ रोपनी जग्गा निःशुल्क प्राप्त भएको जनाइएको छ ।

दश वर्षअघिदेखि सञ्चालनमा रहेको सुरक्षा बेसक्याम्प भवन अभावमा हट्ने सङ्केत पाएपछि स्थानीयवासीले निःशुल्क जग्गा उपलब्ध गराएको अध्यक्ष राईले बताए । सशस्त्र प्रहरीका लागि मात्र नभई गाउँपालिकामा निर्माण हुने सबै कार्यालयका लागि स्थानीयवासीले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । निर्माणाधीन बेसक्याम्पको भवनमा कार्यालय, भान्छाघर, कार्यालय प्रमुखको आवासगृह तथा कार्यालय, सुरक्षाचौकी, शौचालय तथा नुहाउने ठाउँलगायत छुट्टाछुट्टै हुने निर्माण उपभोक्ता समितिका अध्यक्ष उमेश कार्कीले बताए ।

जिल्लाको दक्षिणी क्षेत्रका स्थानीयवासीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर चसापानीमा रहेको सशस्त्र प्रहरी बलको सुरक्षा बेसक्याम्पलाई यथावत राखिएको सांसद विशाल भट्टराईले बताए । जिल्लाका १० स्थानीय तहमध्ये भौतिक पूर्वाधार निर्माणमा पछाडि रहेको जन्तेढुङ्गामा पछिल्लो समय धमाधम विकास निर्माणको काम हुन थालेपछि स्थानीयवासीसमेत हर्षित भएका छन् ।  – रासस

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ६ : ३५ बजे