१ असार २०८१, शुक्रबार | Sat Jun 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरको दुर्गम गाँउ माल्टामा शैक्षिक मेला


१८ माघ २०७६, शनिबार  

0
Shares

मेला अवलोकन गर्दै पालिका अध्यक्ष लोप्चन ।

१८ माघ ०७६, माल्टा । दक्षिण ललितपुरको वागमती गाउँपालिका माल्टामा शनिबार शैक्षिक मेला आयोजना गरिएको छ । मेलाका स्टलहरुमा विद्यालयका शैक्षिक गतिविधिसँगै विज्ञानसम्बद्ध प्रर्दशनी गरिएको थियो ।
मेलालाई प्रतिश्पर्धात्मक रुपमा प्रस्तुत गर्ने क्रममा उत्कृष्ट स्टलहरुलाई पुरस्कृत गरिएको गाँउपालिकाका प्रेस संयोजक दिपक घिमिरे समिरले बताउनु भयो ।
उहाँका अनुसार वागमती ७ गिम्दीको जनक मावि पहिलो भएर ५ हजार पुरस्कार समेत जित्यो । दोश्रो स्थान गिम्दीकै नारायण माविले कव्जा जमाउदा ३ हजार पाउन सफल भयो भने प्युटारको चण्डेश्वरीले तेश्रो स्थानमा चित्त बुझाउने क्रममा २ हजार राशी पुरस्कार थमाइएको थियो । सान्त्वना पुरस्कार भने इकुडोलको जनजागृती मावि जितेर १ हजार पाउन सफल भयो ।
प्रर्दशनीमा विद्यार्थीहरुले बनाएका गाँउघरमा प्रयोग हुने विभिन्न सरसामानहरु राखिएका थिए । प्रेस संयोजक समिरका अनुसार आधुनिक घट्ट, ठेकी, घर कार्यालय सझाउने कागजका फूल,डोजर हिटरजस्ता सामान प्रर्दशनीमा हेर्न पाइएको थियो ।
कार्यक्रममा ७ सयको संख्यामा विद्यार्थी शिक्षक र अविभावक सहभागी भए । मेला शनिबार १ दिनका लागि आयोजना गरिएको थियो ।
कार्यक्रममा बागमती गाऊपालिका भित्रको उत्कृष्ट आधारभुत तहको शिक्षकमा बालकुमारी आधारभुत बिधालय घुसेल का शिक्षक लक्ष्मण महत, उत्कृष्ट प्रअमा कालिदेबि माबि प्युटारको प्रअ ठाकुरा लामा, उत्कृष्ट माध्यमिक तहको शिक्षकमा जनजागृति मा बि इकुडोलका शिक्षक दशरथ यादब, उत्कृष्ट बिध्यालय ब्यबस्थापन समिति अधयक्ष माहांकाल आधारभुत बिधालय घुसेलका अध्यक्ष गोबिन्द गौतमलाई जनही रु.दस हजार नगद पुरस्कार गरिएको थियो ।
बागमती गाऊपालिका अध्यक्ष बिरबाहादुर लोप्चनले शैक्षिक मेला निकै भएको भन्दैफेरि फेरि यस्ता कार्यक्रम आयोजन ागर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागी माल्टाका स्थानीय अभिभाबक वीर बाहादुर मगरले प्रद्र्धशनीबाट अभिभावक र विद्यार्थीले लाभ प्राप्त गरिएको प्रतिकृया दिदै फेरि फेरि यस्ता कार्यक्रम गाँउमा हुनु पर्ने सुझाव दिनुभयो ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ७ : ३७ बजे