१९ माघ ०७६, गोठिखेल । नेपाल रेडक्रस सोसाइटी ललितपुरको सहयोगमा दुर्गम गाँउ गोटिखेलमा एम्बुलेन्स खरिद गरिदिएको छ । महाँकाल गाउपालिकाकी उपाध्यक्ष कमला लामाका अनुसार गाँउपालिकामा एम्बुलेन्स नहुँदा विरामीलाई सास्ती भएको हुँदा गाउपालिकाको अनुरोधमा रेडक्रस ललितपुरले एम्बुलेन्स खरिद गरिदिएको हो ।
नेपाल रेडक्रस सोसाइटी का केन्द्रिय अध्यक्ष संजीव थापाको टोलीले गाँउपालिकाका अध्यक्ष रामचन्द्र दाहाललाई एम्बुलेन्स हस्तान्तरण गरेका थिए ।
लामाका अनुसार अघिल्लो साल एम्बुलेन्स खरिदका लागि सोसाइटीले ७ लाख बजेट विनियोजन गरेको थियो । पछि बजेट अपुग हुने अवस्था आएपछि १० लाख बजेट पु¥याइएको थियो । उहाँले भन्नुभयो, ‘अहिले एम्बुलेन्स नै हस्तान्तरण भएको छ ।’
केही समय अघि बैर्तर्णी धाम नामको संस्थाले एम्बुलेन्स खरिद गरि चलाएको थियो । लामो समय एम्बुलेन्सविहीन रहेको गोटिखेल सातदोवाटोबाट ६५ किलोमिटर टाढा छ । पहाडको खोचमा रहेको दुर्गम दक्षिण ललितपुरको दुर्गक क्षेत्रको रुपमा चरिचित छ ।
चन्दनपुरलगायत गाउपालिकाका हरेक वडामा हेल्थ पोष्ट रहेको छ भने महाँकाल गाँउपालिका २ मानिखेलमा पालिका स्तरिय १५ शैयाको अस्पताल रहेको छ । तर दरबन्दी नहुँदा सञ्चालन हुन सकेको छैन ।
अस्पताल नहुँदा यहाँका विरामी ७० किलोमिटर टाढा पाटन ल्याउनु पर्ने अवस्था छ । विरामी बोक्न एम्बुलेन्स समेत नहुँदा यस आसपासका स्थानीयबासीलाई समस्या थियो ।
१९ माघ २०७६, आइतबार
0
Shares
प्रतिक्रिया