१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नेपाल टेलिभिजनको बार्षिक उत्सव कर्मचारीद्वारा बहिष्कार


१९ माघ २०७६, आइतबार  

0
Shares

 

१९ माघ ०७६, काठमाडौं। नेपाल टेलिभिजनका कर्मचारीहरुले आफ्ना माग सुनुवाई नगरी अनावस्य आर्थिक भार थप्नेगरी अघि बढेको भन्दै सोमबार हुने बार्षिक उत्सव कार्यक्रम बहिष्कार गर्ने भएका छन्।

नेपाल टेलिभिजन कर्मचारी संघ र युनियनले आइतबार सयुक्त विज्ञप्ति जारी गर्दै कर्मचारीका बृत्ति विकास लगायत यसअघि पेश गरेका मागलाई सुनुवाई नगरि व्यवस्थापनले थप कर्मचारी भर्ना गर्ने तयारी गरेको, टेलिभिजनको इटहरी कार्यालय उद्घाटनमा कर्मचारी युनियनलाई बेवास्था गरेको लगायतका कारण देखाउँदै बार्षिक उत्सवका सम्पूर्ण कार्यक्रम बहिष्कार गरेर विरोध जनाउने प्रेसविज्ञप्तिमा उल्लेख गरेको छ।

विज्ञप्तिमा संस्थालाई आर्थिक दलदलमा भाष्दै धरासाई बनाउने उच्च व्यवस्थापनको पछिल्ला कार्यहरुप्रति भत्सना पनि गरिएको छ।

‘कर्मचारीको बृत्ति विकास तथा सेवासँग जोडिएका धैरै समस्या समाधानका लागि कुनै पहल नगरी यसअघि कर्मचारी संघ र युनियनबाट पेश भएका मागहरुको समेत बेवास्था गरिएको अवस्थामा उच्च व्यवस्थापनले देखाएको रबैया बिरुद्ध माघ २० गते टेलिभिजन कार्यलयमा हुने बार्षिक उत्सब सम्वन्धी सम्पूर्ण कार्यक्रम बहिष्कार गर्ने निर्णय गरिएको संघका अध्यक्ष गोपालप्रसाद दाहाल र युनियनका अध्यक्ष सुरेन्द्र बस्नेतले जारी गरेको बिज्ञप्ति मार्फत जानकारी गराउनु भयो ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ९ : ०९ बजे