२० माघ ०७६, ललितपुर । सौनामा वाफ लिने क्रममा निसासिएर श्रीमान श्रीमतीकै मृत्यु भएको घटनामा ललितपुरको तिखेलदेवस्थित फिट एन्ड फाइन एरोबिक फिटनेस क्लबकी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।
त्यस्तैगरि मृतक हस्त गर्बुजा मगरका दिदी पौकाकरी पुनले सञ्चालकको लापरबाहीले भाई बुहारीको अकालमाज्यान गएको भन्दै उजुरी दिएपछि सातदोबाटोस्थित महानगरीय प्रहरी वृत्तले फिटनेस क्लबकी सञ्चालक जुना बस्नेतलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाएको छ।
गत माघ १६ बुधबार राति उक्त क्लबको सौनामा वाफ लिने क्रममा निसासिँदा ४२ वर्षीय हस्त गर्बुजा मगर र उनकी श्रीमती ३९ वर्षीया नेत्रकुमारीको मृत्यु भएको थियो।त्यस्तै हस्त मगर पूर्वमन्त्री थममाया थापाका स्वकीय सचिव थिए ।
म्याग्दी स्थायी घर भएका मगर दम्पति पछिल्लो समय ललितपुरमा बस्ने गरेका थिए। उनीहरुका ११ वर्षीय छोरा र १३ वर्षीया छोरी छन्।
प्रतिक्रिया