१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरकाे घोरसाइने गाउँ सडक शिलान्यास


२१ माघ २०७६, मंगलबार  

0
Shares

२१ माघ ०७६, भक्तपुर । भक्तपुरकाे चाँगुनारायण नगरपालिका–८ स्थित घोरसाइने गाउँ सडकको शिलान्यास गरिएको छ । सङ्घीय सरकारको रु चार करोडको लागतमा निर्माण हुने सो सडक आठ मिटर चौडा हुने छ । सडकको निर्माण, स्तरोन्नति तथा कालोपत्र गर्ने कार्यको प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले हिजोसोमबार शिलान्यास गर्नुभयो ।

त्यस्तैगरि केन्द्रीय सरकारबाट पछिल्लो समय चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा पाँच–पाँच वटा सडकलाई रु दुई–दुई करोडका दरले बजेट विनियोजन गरिएको जानकारी दिँदै उहाँले सुडालमा मात्रै रु ३२ करोड बजेटमा सडक निर्माण तथा विस्तार शुरु गरिएको बताउनुभयो ।

त्यस्तै रु एक करोडको लागतमा चाँगु फास्टट्र्याक खहरेबाट चाँगुको वीर अस्पताल जाने १५ मिटरको सडक अर्थ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल गरी रु ५० करोडभन्दा बढीको लागतमा निर्माण प्रक्रिया अघि बढाइएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुरका अध्यक्ष वचन देउजा, वडा नं ८ का वडाध्यक्ष परासर सापकोटा, सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख विष्णुप्रसाद काफ्लेलगायतले समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  १२ : ४२ बजे