२१ माघ ०७६, काठमाण्डौ – आज साताको तेस्रो दिन मंगलबार सुनको मुल्य प्रतितोलामा पाँच सय रुपैयाँ घटेको छ ।
नेपाली बजारमा आज सुनको मूल्य प्रतितोलामा पाँच सय रुपैया घटेर ७६ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तैगरि सोमबार र आइतबार सुन प्रतिताला ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मुल्य प्रतोलामा १० रुपैयाँ घटेर आज चाँदी तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रतिक्रिया