११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरीमा खुल्यो नयाँ टेलिभजन


२१ माघ २०७६, मंगलबार  

0
Shares

टेलिभिजन शुभारम्भ गर्दै पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल साथमा अन्य अतिथिगण ।।

२१ माघ ०७६, बाँडेगाउ । वातावरणका विषयमा आधारित कार्यक्रम प्रसारण गर्ने अभिप्रायले पर्यावरण टेलिभिजन शुरु गरिएको छ । गोदावरी नगरपालिका–१४ बाँडेगाउँमा २०६० सालदेखि सञ्चालनमा आएको ‘रेडियो पर्यावरण १०४.२ मेगाहर्ज’ को १६आँै स्थापना दिवसको अवसरमा आजबाट उक्त टेलिभिजनको प्रसारण थालिएको हो । कार्यक्रमको उद्घाटन समारोहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सो टेलिभिजन स्थापनाले मुलुकको पर्यावरण सुन्तुलित राख्न सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो,“मुलुकको वातावरण प्रवद्र्धन र संरक्षणमा शिक्षाको महत्वपूर्ण भूमिका रहेको छ ।”
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजमा पर्यावरण मैत्री विकासको अवधारणा ल्याउन जरुरी भएको विचार राख्नुभयो । राजनीतिक परिवर्तनमार्फत मुलुकमा आवश्यक विकास गर्न आफूहरु अघि बढेको श्रेष्ठले बताउनुभयो । नगरपालिका प्रमुख गजेन्द्र महर्जनले गोदावरीमा उक्त टेलिभिजनको स्थापनाबाट नगरपालिकाको थप पहिचान अघि बढाउन सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।
शताब्दी पुरुष सत्यमोहन जोशीले ‘नेशनल जोग्राफी’ को चर्चा गर्दै यस्तै कार्यक्रम पर्यावरण टेलिभिजनले दिन सके वातावरण सन्तुलन कायम गर्न उपयोगी हुने धारणा राख्नुभयो ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ९ : ४१ बजे