८ जेष्ठ २०८२, बुधबार | Thu May 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पत्रकारलाई तलव दिन प्रेस संगठनको माग


२१ माघ २०७६, मंगलबार  

0
Shares


२१ माघ ०७६, काठमाडौं । प्रेस सङ्गठन नेपाल, प्रतिष्ठान प्रदेश कमिटीले सञ्चारगृहलाई श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारलाई सेवा उपलब्ध गराउन आग्रह गरेको छ । प्रतिष्ठानका संयोजक वीरेन्द्र ओली र सहसंयोजक हरिवल्लभ नेपालले आज विज्ञप्ति जारी गर्दैै नागरिक दैनिक, रिपब्लिका दैनिक र कारोवार दैनिकमा ऐन अनुसारको सेवासुविधा दिन आग्रह गर्नुभएको हो ।
ती दैनिकमा कार्यरत पत्रकारले श्रमजीवी ऐनअनुसार सेवा सुविधा नपाएकाले उनीहरुका मागप्रति ऐक्यबद्धता जनाउँदै चाँडो श्रमजीवी पत्रकारको माग सम्बोधन गर्न सञ्चारगृहसँग सङ्गठनले आग्रह गरेको छ । विज्ञप्तिमा पत्रकारलाई अहिलेसम्मको काम गरेको सेवा सुविधा दिई काम गर्न वातावरण मिलाउन समेत माग गरिएको छ ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  १० : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।