८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (२३ माघ २०७६, बिहिवार)


२३ माघ २०७६, बिहिबार  

0
Shares


पञ्चाङ्ग
वि.सं. २०७६ माघ २३ । बिहीबार । इ.स. २०२० फेब्रुवरी ६ । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायण । शिशिर ऋतु । ने.सं. ११४० सिल्लाथ्व । माघ शुक्लपक्ष । द्वादशी, १७ ः ३० उप्रान्त त्रयोदशी । नक्षत्र– आर्द्रा, २३ ः ०९ बजे उप्रान्त पुनर्वशु । योग– विष्कम्भ, २३ ः ३३ बजे उप्रान्त प्रीति । करण– वालव, १७ ः ३० बजेदेखि कौलव, २९ ः ०५ बजे उप्रान्त तैतिल । आनन्दादिमा काण योग । चन्द्रराशि– मिथुन । काठमाडौंमा सूर्योदय– ६ ः ५० बजे, सूर्यास्त– १७ ः ४७ बजे र दिनमान २७ घडी १ पला । प्रदोष व्रत । भीष्म द्वादशी । वटुमाघयात्रा । सन्याडुली ।
राशीफल
मेष– व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला। सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ ।
वृष– पढाइमा राम्रै प्रगति हुनेछ । स्वास्थ्यमा कमजोरी र परिश्रम धेरै गर्नुपर्ने समय छ । तापनि काममा सफलता मिल्नेछ । भाग्योन्नतिको समय छ ।
मिथुन– विभिन्न अवसर पाइने समय छ । तर, सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ ।
कर्कट– चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ। धैर्यले काम लिने समय छ। छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । तापनि, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ ।
सिंह– वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । समय उत्साहवर्द्धक रहला । नयाँ ज्ञान प्राप्त हुने योग छ । पितृधन समेत लाभ हुनेछ ।
कन्या– श्रमको उचित मूल्यांकन होला । पढाइमा प्रगति हुनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन् ।
तुला– सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस् । अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ
वृश्चिक– आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट प्रशस्त लाभ हुनेछ।
धनु– सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ।
मकर– स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला । तर, जिम्मेवारी भने बढिरहनेछन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला।
कुम्भ– प्रयास गर्दा रोकिएका बन्नेछन् । नयाँ काम पाइने योग छ । केही मात्रामा खर्च बढ्नेछ । आलस्य जाग्नेछ । काममा लगानीको समय छ।
मीन– भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ । परिवारजनको भरण–पोषणमा खर्च बढ्नेछ । उत्साहमा कमी आउला । मातापिता र आफन्तको सहयोगले काम बन्नेछन् र विशेष लाभ उठाउन सकिनेछ ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहिबार  ६ : १२ बजे