५ माघ ०७६,काठमाडौं। राष्ट्रिय समाचार समितिका पूर्व सहव्यवस्थापक समुन्द्र बहादुर शाक्यको हृदयाघातका कारण आज निधन भएको छ ।
हृदयाघातपछि त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचारको क्रममा ६५ वर्षीय शाक्यको निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
राससमा शाक्यले समाचार शाखा र व्यवस्थापनमा ३९ वर्ष सेवा गरेका थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो ।
प्रतिक्रिया