२६ माघ ०७६, काठमाडौं। नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक विन्टर अफर उपलब्ध गराएको छ ।
अफर अन्तर्गतको सेवा कम्पनीको वार्षिकोत्सव ९२०७६ माघ २२ गते० देखि नै लागू भइसकेको छ भने आगामी चैत ३० गतेसम्म उपयोग गर्न सकिने छ । यो भन्दा पहिले उपलब्ध अटम अफर अन्तर्गतका सेवाहरुमा केही थप सुविधा तथा नयाँ प्याकेज समेत उपलब्ध गराएर विन्टर अफर ल्याइएको छ । जीएसएम प्रिपेडरपोष्टपेड तथा सीडीएमए प्रिपेड–पोष्टपेड मोबाइलमा यी अफर प्रयोग गर्न सक्नेछन्।
नेपाल टेलिकमले उपलब्ध गराएको अफरहर यसप्रकारका छन् ।
१) अल टाइम डाटा प्याक : अल टाइम डाटा प्याक अन्तर्गत १५ रुपैयाँ देखि ७ सय रुपैयाँसम्मका प्याक उपलब्ध छन् । यस अन्तर्गत ६० एमबी देखि १४ हजार एमबी सम्मका प्याकेज खरिद गर्न सकिने छ । यी प्याकेज प्रयोग गर्न सकिने समयावधि पनि १ दिन देखि २८ दिनसम्म हुनेछ ।
२) डे डाटा प्याक : बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म प्रयोग गर्न सकिने डे डाटा प्याक अन्तर्गत अब १५ रुपैयाँमा २ सय एमबी डाटा प्रयोग गर्न सकिने छ । साथै १० रुपैयाँमा ८० एमबी डाटा समेत प्रयोग गर्न सकिने छ । यी दुबै डाटा प्याक खरिद गरेको २४ घण्टाभित्र चलाउन सकिने छ ।
३) नाइट डाटा प्याक : बेलुकी ११ बजेदेखि विहान ६ बजेसम्म चलाउन सकिने नाइट डाटा प्याक १२ रुपैयाँमा ४ सय एमबी खरिद गर्न सकिने छ । अनलिमिटेड नाइट डाटा प्याक अन्तर्गत १ रातको १८ रुपैयाँ र ७ रातको ९० रुपैयाँमा प्याक उपलब्ध गराइएको छ ।
प्रतिक्रिया