३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


प्रहरीले विवाह रोकेपछि………


२८ माघ २०७६, मंगलबार  

0
Shares


२८ माघ ०७६,सिराहा । सिरहा प्रहरीको सक्रियतामा निश्चित भएको तीन बालविवाह रोकिएको छ । बालिकाको उमेर नपुगी बालविवाह भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले कर्जन्हा नगरपालिका–६ निवासी रिझन मुखियाको छोरी रन्जुकुमारी मुखिया, मिर्चैया नगरपालिका–१ निवासी श्रीराम कापैरको छोरी सङ्गीता कापैर र कल्याणपुर नगरपालिका–१ निवासी राम नरेश माझीको छोरी गनिता माझीको विवाह रोकेका हुन् ।
तीनवटै बालिकाको उमेर २० वर्ष नपुगेकाले हुन लागेको विवहलाई स्थानीय भद्रभलादमी बुद्धिजीवी तथा जनप्रतिनिधिको रोवहरमा रोकेको प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । उमेर नपुगेकोले हाललाई सो विवाहलाई रोकेर बालविवाह नगर्ने सर्वपक्षीय सहमति भएको प्रहरी उपरीक्षक चतुर्वे्दिले बताउनुभयो ।
फरार दुई पक्राउ
सवारी ज्यान तथा लेनदेन मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार रहेका दुईलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । प्रहरीचौकी सन्हैठाबाट खटिएको प्रहरी टोलीले लेनदेन मुद्दामा जिल्ला अदालत सिरहाबाट २० दिनको कैद सजाय पाएर फरार सिरहा नगरपालिका १९ सन्हैठा निवासी चन्देश्वर सदायलाई पक्राउ गरेको छ ।
सवारी ज्यान मुद्दामा जिल्ला अदालत सिरहाबाट २२ दिन कैद तथा रु दुई हजार जरिवानाको सजाय पाएर फरार अर्नमा गाउँपालिका–२ निवासी ५० वर्षीय हरिनारायण कामतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुवैलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत बुझाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ९ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।