राशिफल माघ २९, २०७६ – 12 February, 2020, बुधवार
पञ्चाङ्ग :
वि.सं. २०७६ माघ २९। बुधबार। इ.स. २०२० फेब्रुवरी १२। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० सिल्लागा। फाल्गुण कृष्णपक्ष। तृतीया, ६:५९ बजेदेखि चतुर्थी, २८:३६ उप्रान्त पञ्चमी। नक्षत्र– उत्तरफाल्गुनी, १६:१२ बजेउप्रान्त हस्त। योग– सुकर्मा, ७:३१ बजेदेखि धृति, २८:२२ बजेउप्रान्त शूल। करण– भद्रा, ६:५९ बजेदेखि वव, १७:४८ बजेपछि वालव, २८:३६ बजेउप्रान्त कौलव। आनन्दादिमा प्रवर्द्धमान योग। चन्द्रराशि– कन्या। काठमाडौंमा सूर्योदय– ६:४६ बजे, सूर्यास्त– १७:५१ बजे र दिनमान २७ घडी ३ पला। माघ मसान्त। देवघाटलगायत तीर्थहरूमा मकरस्नान समाप्ति। सर्वार्थसिद्धि योग १६:१२ बजेदेखि।
मेष – तर्कशक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका आउला। प्रयत्न गर्दा अध्ययनका लागि विदेशयात्रा सम्भावना छ।
वृष – सहयोगीहरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ। सन्तानबाट फाइदा र सुख मिल्ने योग छ। रोकिएका काम सुरु हुनेछन् ।
मिथुन – धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ। घरखर्च पनि बढ्नेछ। ठूलो लगानीबाट कममात्र फाइदा हुनेछ।
कर्कट – व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदै हुनेछ। साथीभाइले साथ दिनेछन्। पढाइमा अनुकूल समय छ।
सिंह – साझेदारीमा पनि सम्बन्ध बिग्रनाले यदाकदा अप्ठ्यारोमा परिनेछ ।परिश्रमबाटै घर–जग्गा वा स्थिर सम्पत्ति जोड्ने समय छ।
कन्या – बुद्धिको उपयोगले काम लिने समय छ। प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ।
तुला – भाग्य बलवान् रहनेछ। रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ। व्यवसायमूलक भ्रमण गर्ने समय छ।
वृश्चिक – अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ।
धनु – पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइएला। कर्मयोगमा अभिवृद्धि हुनेछ ।
मकर – प्रियजनसँग भेटघाट र प्रसन्नताको समय छ। विभिन्न उपहार समेत पाइएला। आतिथ्यपूर्ण सम्मान पाइनेछ।
कुम्भ – आँटले जटिल कामसमेत सम्पादन हुन सक्छ। आस मारेको काम बन्नाले उत्साह बढ्नेछ।
मीन – प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। रमाइलो यात्राको अवसर जुट्न सक्छ। भ्रमणका बीच मानसम्मान पनि प्राप्त हुने समय छ।
प्रतिक्रिया