८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (०१ फाल्गुण, ०७६ बिहिवार)


१ फाल्गुन २०७६, बिहिबार  

0
Shares

राशिफल फाल्गुण १, २०७६ – 13 February, 2020, बिहीवार

पञ्चाङ्ग :
वि.सं. २०७६ फागुन १। बिहीबार। इ.स. २०२० फेब्रुवरी १३। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० सिल्लागा। फाल्गुण कृष्णपक्ष। पञ्चमी, २६:१६ उप्रान्त षष्ठी। नक्षत्र– हस्त, १४:३२ बजेउप्रान्त चित्रा। योग– शूल, २५:१५ बजेउप्रान्त गण्ड। करण– कौलव, १५:२५ बजेदेखि तैतिल, २६:१६ बजेउप्रान्त गर। आनन्दादिमा राक्षस योग। चन्द्रराशि– कन्या, २५:४३ बजेउप्रान्त तुला। काठमाडौंमा सूर्योदय– ६:४५ बजे, सूर्यास्त– १७:५२ बजे र दिनमान २७ घडी ६ पला। फाल्गुण संक्रान्ति।

मेष – अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। तापनि, सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्।

वृष – बोली(व्यवहारमा सजग रहनुहोला। हिसाबकिताबमा सावधान नहुँदा विवादमा परिनेछ। मानसम्मानमा चोट पुग्न सक्छ।

मिथुन – आँटेका काम बन्नाले जोश–जाँगर बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ।

कर्कट – परिस्थितिले संघर्षको पाइला चाल्न सिकाउनेछ। सुखदुःखमा साथ दिनेहरू कमै भेटिनेछन्।

सिंह – खर्च लागे पनि कामको प्रयत्न सफल हुने समय छ। स्वास्थ्यमा मौसमी समस्या आउन सक्छ।

कन्या – विशिष्ट जनसँग मित्रता बढ्न सक्छ। पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ।

तुला – समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।

वृश्चिक – रोकिएको काम बन्नाले उत्साह जाग्नेछ। धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ।

धनु – अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्।

मकर – रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ। तर्कशक्ति बढे पनि कुराकानी गर्दा गोपनीयतामा ध्यान दिनुहोला।

कुम्भ – कामको उपलब्धि देखाएर थप फाइदा उठाउन सकिनेछ। प्रशंसकहरू बढ्नेछन्। दीर्घकालीन काममा लगानी गर्ने अवसर पनि प्राप्त हुनेछ।

मीन – खर्च भए पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ। टाढाका साथीभाइसँग सम्बन्ध बढ्नुका साथै विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहिबार  ६ : २९ बजे