२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


एनआरएनएद्वारा स्तनपान कक्षसहित अपाङ्गता शौचालय निर्माण


१ फाल्गुन २०७६, बिहिबार  

0
Shares

०१ फाल्गुन ०७६, काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले शारीरिक अपाङ्गता भएका व्यक्तिलाई उपत्यकाका विभिन्न स्थानमा शौचालय निर्माण गरिदिने भएको छ । काठमाडौँ महानगरपालिका र सङ्घबीच गत माघ २३ गते सम्झौतासमेत भएको थियो । कलङ्की, कोटेश्वर, चाबहिल र महाराजगञ्जमा पाँच वर्षभित्र शौचालय निर्माण गरी सञ्चालनमा ल्याइने जानकारी दिइएकाे छ ।

सम्झौताअनुसार शौचालय सञ्चालनमा आवश्यक पर्ने जनशक्ति तथा व्यवस्थापकीय काम सङ्घले गर्नेछ । ती शौचालय सञ्चालन गर्दा महानगरले तोकेको शुल्क लिइनेछ । सङ्कलन भएको शुल्कबाट व्यवस्थापन र मर्मतसम्भारको काम गरिसकेपछि बाँकी पैसा थप शौचालय निर्माणका लागि खर्च गरिने सङ्घका कार्यकारी अधिकृत हेमन्तकुमार दवाडीले जानकारी दिनुभयो ।

त्यस्तैगरि पहिलो चरणमा कलङ्की र कोटेश्वरमा निर्माण भएपछि बाँकी दुई स्थानको काम अघि बढाइने बताइएको छ । महिला शौचालयमा स्यानिटरी प्याड फाल्न मिल्ने तथा फ्यालिएका प्याडलाई वाष्पीकरण गरेर जोखिममुक्त बनाउने प्रविधि जडान हुनेछ । त्यस्तै बच्चालाई डाइपर फेराउने र स्तनपान गराउने ठाउँको पनि व्यवस्था गरिने भएको छ। प्रतिघण्टा १०० व्यक्तिले प्रयोग गर्ने आँकलन गरी आधुनिकशौचालयको ढाँचा अघि सारिएको छ ।

चार वर्षदेखि सार्वजनिक शौचालय निर्माणबारे छलफल गर्दै आएको कामपाले पनि सम्पदा क्षेत्र र मानिसको अत्यधिक भीड हुने स्थानलाई सार्वजानिक शौचालय निर्माणमा पहिलो प्राथमिकतामा राखेको छ ।

नयाँ शौचालय निर्माणसँगै मौजुदा सार्वजनिक शौचालयको गुणस्तर सुधार गरिने, तिनमा पहुँच बढाइने जनाइएको छ । साथै पेट्रोल पम्पलगायत सार्वजनिक सेवा प्रदायक निकाय र होटल, रेष्टुराँलगायत निजी तथा व्यावसायिक स्थानमा सञ्चालन भइरहेका शौचालयलाई स्तरोन्नति गरिने कामपा उपप्रमुख हरिप्रभा श्रेष्ठ जानकारी दिनुभयो

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहिबार  १० : २१ बजे