३० आश्विन २०८१, बुधबार | Wed Oct 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आज ललितपुर महानगरपालिमा बिदा, सूचनामा नै त्रुटी


५ फाल्गुन २०७६, सोमबार  

0
Shares

०५ फाल्गुन ०७६ , ललितपुर । ललितपुर महानगरपालिकाले आज फागुन ५ गते महानगरपालिका १ देखि २९ वडा कार्यालयमा सार्वजनिक बिदा दिएको छ । तर, बिदाका लागि सार्वजनिक गरिएको सूचना पत्र अस्पष्ट र गल्ती रहेको छ ।सार्वजनिक बिदाको सूचना निमित्त प्रमुख प्रशासकिय अधिकृत महेन्द्र बहादुर क्षेत्रीको आज्ञबाट सुचना जारी गरिएको छ ।

आज सोमबार बिदा दिनुको विशेष कारण महानगरपालिकामा लामो समयसम्म नेतृत्व गरी उल्लेखनिय योगदान गरेका पूर्व प्रमुख बेखारत्न शाक्यको असामयिक निधन भएकाले शोक मनाउनका लागि सार्वजनिक बिदा दिने उक्त सूचनामा उल्लेख गरिएको छ ।

सूचनामा गल्ती : सार्वजनिक गरिएको सुचनामा केहि गल्ती भेटिएको छ । उक्त सुचना फागुन ४े गते आइवारका दिन २०७६ मा जारी गरिएको छ । यस्तै, भोलि २०७६र१०र०५ गते सार्वजनिक बिदा दिने उल्लेख गरिएको छ ।

विद्यालय अन्यौल : महानगरपालिको सूचनामा शोकका लागि यस कार्यालय र अन्तर्गतका १ देखि २९ वटै वडा कार्यालयहरुमा सार्वजनिक बिदा दिइएको व्यहोरा आधारमा सम्बन्धित सबैमा सूचित गरिन्छ भनि उल्लेख छ । बिदा सम्बन्धित महानगरपालिका र वडाका कर्मचारीलाई मात्रै हो कि शैक्षिक संस्थाहरुका लागि पनि भन्ने अन्यौल देखिएको छ । जसका कारण ललितपुरका कतिपय शैक्षिक संस्था खुलेका छन् भने कतिपय बिदा भएको छ ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  १ : ३७ बजे