८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (६ फाल्गुन ०७६ मंगलवार)


६ फाल्गुन २०७६, मंगलबार  

0
Shares

राशिफल फाल्गुन 06, २०७६ – 18 February, 2020, मङ्गलवार

पञ्चाङ्

वि.सं. २०७६ फागुन ६। मंगलबार। इ.स. २०२० फेब्रुवरी १८। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० सिल्लागा। फाल्गुण कृष्णपक्ष। दशमी, १७:४९ उप्रान्त एकादशी। नक्षत्र– ज्येष्ठा, ८:५२ बजेउप्रान्त मूल। योग– हर्षण, १२:१२ बजेउप्रान्त वज्र। करण– भद्रा, १७:४९ बजेदेखि वव, २९:२९ बजेउप्रान्त वालव। आनन्दादिमा मुद्गर योग। चन्द्रराशि– वृश्चिक, ८:५२ बजेउप्रान्त धनु। काठमाडौंमा सूर्योदय– ६:४१ बजे, सूर्यास्त– १७:६ बजे र दिनमान २८ घडी ६ पला।

मेष – यदाकदा बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक अभावले सताउने योग छ ।

वृष – प्रयत्न गर्दा नयाँ नोकरी प्राप्त हुनेछ । नोकरीतर्पm हुनेहरूका लागि पदोन्नतिको समय छ ।

मिथुन – धर्मको पालना, मंगलमय कर्म सम्पादन र सामाजिक दायित्व वहनमा समय जानेछ । बौद्धिक पक्षमा लाभ मिल्नेछ ।

कर्कट – घर–जग्गामा विवाद र आमाको स्वास्थ्यमा समस्या आउने देखिन्छ । विशेष सतर्क रहनु होला ।

सिंह – आज समाजसेवा र परोपकारका कार्य गरिनेछ । व्यापार व्यवसायमा पनि सामान्य प्रगति हुनेछ ।

कन्या – नया उद्योग–धन्दाको थालनी गर्न सकिनेछ । विद्यार्थीहरूको लागि विशेष प्रगति हुने दिन रहेको छ ।

तुला – सहयोगीको राम्रो साथ पाइनेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ, घरमा सामान्य मनमुटाव होला ।

वृश्चिक – अनावश्यक खर्च र ऋणभार बढ्ने देखिन्छ । नसा, जोर्नी वा घुडासम्बन्धी समस्याले सताउन सक्छ ।

धनु – नोकरीमा पदोन्नति,व्यापार–व्यवसायमा फाइदा हुनेछ । दाम्पत्य सम्बन्ध पनि सुमधुर रहला ।

मकर – दाम्पत्य सम्बन्ध प्रगाढ हुनेछ, सन्तानबाट प्रसन्नता मिल्नेछ, साथै टाढाको यात्रा पनि होला ।

कुम्भ – धनधान्य लाभ, कृषिकर्म तथा पशु व्यवसायबाट प्रशस्त फाइदा हुने देखिन्छ । स्थायी सम्पत्ति आर्जन गर्ने समय छ ।

मीन – निजी व्यवसाय र कृषिकर्ममा परिश्रम र लगानीभन्दा न्यून उपलब्धि हासिल हुनेछ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ७ : ४९ बजे