६फाल्गुन ०७६ काठमाडौं । ‘काभ्रेली समूह’को नामले कुख्यात गुण्डा समूहका सत्यमान लामालाई प्रहरीले पक्राउ गरको छ ।
महानगरीय प्रहरी बृत्त महाराजगञ्जबाट खटिएको टोलीले सत्यमानलाई सोमबार राति काठमाडौंको लाजिम्पाट क्षेत्रबाट पक्राउ गरेको हो ।
सत्यमान गुण्डा नाइके दावा लामाको ‘लेखापाल’को रुपमा समेत काम गर्ने गर्दथे । त्यस्तै दावा पछिल्लो समय नेपाल बाहिर छन् । भारतको सिक्किम र दार्जिलिङ लगायत क्षेत्रमा लुकेर बस्दै आएका दावाले पछिल्लो समय सत्यमानलाई परिचालन गरेर काठमाडौंमो आफ्नो गतिविधि सक्रिय पार्दै आएको छ ।
सत्यमान लामा यसअगाडी पनि ठगी, गुण्डागर्दी र लागू औषध कारोबारको आरोपमा पक्राउ परेका छन् । लामापछिल्लो समय २०७६ असारको महिनामा पक्राउ परेका थिए । त्यसअघि २०७५ असारमा पक्राउ परेका सत्यमानलाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०की सांसद नवीना लामाले गरेरछुटाएकी थिइन् ।
हिजो सोमबार भने मदिरा पिएर प्रहरीसँग विवाद गरेपछि लामा पक्राउ परेका हुन् । लाजिम्पाटको सांग्रिला होटेलमा मदिरा सेवन गरेका लामाले सोमबार बेलुकी प्रहरीसँग विवाद गरेका थिए ।
प्रतिक्रिया