५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


चीनमा कोरोनाको संक्रमणबाट अस्पतालका निर्देशकको मृत्यु


६ फाल्गुन २०७६, मंगलबार  

0
Shares

६ फाल्गुन ०७६ बेजिङ्ग । चिनमाकोरोना जीवाणुको महामारीको केन्द्रका रुपमा रहेको वुहानस्थित एक अस्पतालका निर्देशकको मङ्गलबार मृत्यु भएको छ ।

गत २०१९ को अीन्तममा वुहानमा उत्पत्ति भएको कोविड–१९ जीवाणुका कारण चीनमा मात्र एक हजार ९०० को मृत्यु भइसकेको छ भने ७२ हजार बढी मानिस सङ्क्रमित भएका छन् ।

चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले मृत्यु हुने चिकित्सक वुहानस्थित उचाङ अस्पतालका निर्देशक लिउ झिमिङ रहेको जनाएको छ । उनलाई बचाउन भरमग्दूर प्रयास गरिएता पनि बचाउन नसकिएको अस्पतालकले जनाएको छ ।

चिनमा उनी कोरोना जीवाणुको संक्रमणबाट मृत्यु हुने पहिलो उच्च पदाधिकारी एवं चिकित्सक हुन् । यस प्राणघातक कोरोना भाइरसको कारण वुहानमा कम्तीमा छ जना स्वास्थ्यकर्मीको मृत्य भइसकेको छ भने एक हजार ७१६ जना सङ्क्रमित भएका छन् ।

हाल चिनको वुहानका चिकित्सकहरूले मास्क र शरीरमा लगाउने विशेष सुरक्षा कपडाको अभाव झेलिरहेको बताइएको छ

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ६ : ३७ बजे