८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (७ फाल्गुन ०७६ बुधवार )


७ फाल्गुन २०७६, बुधबार  

0
Shares

राशिफल फाल्गुण ७, २०७६ – 19 February, 2020, बुधवार
एकादशी – प्रजातन्त्र दिवस/ विजया एकादशी व्रत

मिति फाल्गुण कृष्ण एकादशी :
हिन्दू पञ्चाङ्गको एघारौं तिथिलाई एकादशी भनिन्छ । यो तिथि महिनामा दुई पल्ट आउँछ । पूर्णिमापछि र औंसी पछि। पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र अमावस्यापछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ । यी दुवै प्रकारका एकादशीहरूको हिन्दू सनातन संप्रदायमा धेरै महत्व छ । फाल्गुण महिनाको कृष्ण पक्षको एकादशीलाई विजया एकादशी भनिन्छ ।

राशिफल :

मेष – भूमि, घर अथवा वाहन प्राप्तिको योग छ, अनावश्यक खर्च, कर्जा र चोटपटकका लाग्न सक्छ सावधान रहनु होला ।
वृष – आर्थिक उपार्जनमा सुधार आउनेछ । कृषि र पशुपालनमा सामान्य फाइदाको योग रहेको छ ।
मिथुन – रुपैयापैसाको कारोबार हुने दिन रहेको छ, आफन्तसंग पनि भेटघाटको अवसर मिल्ने देखिन्छ ।
कर्कट – परिवारजन, बन्धुबान्धव वा इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ ।
सिंह – उत्तम रोजगारी मिल्नेछ र नोकरीमा पदोन्नति समेत हुनेछ । व्यवसायमा अनुकूल परिवर्तन होला ।
कन्या – बौद्धिक वा शैक्षिक क्रियाकलापमा प्रगति र सफलता मिल्नेछ, नसोचेको ठाउबाट आर्थिक लाभ पनि होला ।
तुला – सहयोगीहरूबाट उचित सहयोग पाइनेछ, पारिवारिक असमझदारी र बन्धुबान्धब संग मनमुटाव पनि होला ।
वृश्चिक – केही विरोध र आँटेको समयमा काम अवरुद्ध बन्न सक्छ । रोगको कारणले पैसा खर्च हुने दिन रहेको छ ।
धनु – पढाइलेखाइमा राम्रो नतिजा देखाउन सकिनेछ । यात्रा फलदायी बन्नेछ र काममा उत्साह जाग्नेछ ।
मकर – सन्तानबाट फाइदा र सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन् । दिन रमाइलै बित्ला ।
कुम्भ – मानहानि वा अपजशको सम्भावना छ, कसैको लैलैमा टाढाको यात्रा समेत हुन सक्छ ।
मीन – लगानीको प्रतिफलमा कमी र साझेदारी सम्बन्धमा समस्या आउने देखिन्छ होस पुर्याउनु होला ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ६ : ३९ बजे