७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


दश फिट अग्लो खुकुरी प्रर्दशन


७ फाल्गुन २०७६, बुधबार  

0
Shares


पर्वतको जलजला गाउँपालिका २ स्थित मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले निर्माण गरेको नेपालकै ठुलो ८० किलोको खुकुरी । बेनीमा जारी महिला महोत्सव पदर्शनीमा राखिएको कुखुरीको अग्लाई साढे १० फिटको रहेको छ । तस्वीर ः कमल खत्री/ रासस

७ फागुन ०७६,पर्वत । पर्वत जलजला गाउँपालिका–२ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले निर्माण गरेको ८० किलोको खुकुरी प्रर्दशनमा लयायएको छ । पर्वत बेनीमा जारी १३औँ गण्डकी प्रदेशस्तरीय महिला महोत्सवमा प्रदर्शनीमा राखिएको छ
तीन महिनाको अवधिको लामो मेहनतपछि हालसम्मकै सबैभन्दा ठूला सो खुकुरी तयार गरेको हो ।
असी किलोको कुखुरीको अग्लाइ साढे १० फिटको रहेको छ । गत मङ्सिर ४ गतेदेखि खुकुुरी बनाउन शुरु गरी माघ २९ गते सम्पन्न भएको सुनारले जानकारी दिनुभयो ।
सुनारसँगै अर्जुन विक, सन्तोष विक र हरिलाल विकको समूहले तीन महिनाको अवधिमा निर्माण गरेको थियो
उहाँले माझफाँटमा डिलु आरान उद्योग सञ्चालन गर्दै आउनुभएको छ । खुकुरीलाई चासो र जिज्ञासाको साथ अवलोकन गरी फर्कने गरेको रेडियोका दिदी बहिनीका अध्यक्ष कल्पना चापागाईंले जानकारी दिनुभयो ।
महोत्सवको मञ्चको छेउमा कुखुरीलाई ठाडो पारेर सबैले देख्न सक्ने गरी राखिएको छ । खुकुरीमा फलामसँगै बिँडमा सालको काठ र काँजोमा चाँदी र पितलको प्रयोग गरिएको छ । “तीन वर्षदेखि ठूलो खुकुरी बनाउने योजना बनाएको थिएँ, फलामको साइज नेपालमा नभेटिएपछि भारतबाट मगाएको हुँ, नेपालको राष्ट्रिय हतियारको रूपमा विश्वभर रहेका नेपालीको पहिचान र नेपालको चिनारीका लागि खुकुरीमार्फत प्रयास गरेको हुँ”, निर्माणकर्ता सुनारले भन्नुभयो ।

उहाँका अनुसार खुकुरी निर्माणमा रु दुई लाख खर्च भएको छ । सामान खरिद र चार जनालाई तीन महिनाको पारिश्रमिक खर्चसमेत आफैँले जुटाएर खुकुरी बनाएका सुनारले आफ्नो लगानी उठ्ने गरी सङ्ग्राहलयमा राख्नका लागि सो खुकुरीलाई बिक्री गर्ने योजना बनाएको जानकारी दिनुभयो । पुख्र्यौलीरूपमा आफ्ना अभिभावकले गर्दै आएको आरान पेशालाई आधुनिकीकरण गरेका सुनारले आकर्षक तरबार, खुकुरी, दाउ, आँसीलगायतका हतियारसँगै फलामका भाँडासमेत बनाउँदै आउनुभएको छ । उहाँले महोत्सव परिसरमा आफ्नो उद्योगमा निर्माण गरिएका हातहतियार र औजार सामग्रीलाई समेत बिक्री वितरणका लागि प्रदर्शनीमा राख्नुभएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ९ : ५७ बजे