९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मित्रनगरमा कार तोडफोड गर्ने एक पक्राउ


७ फाल्गुन २०७६, बुधबार  

0
Shares

७ फाल्गुन ०७६, काठमाडौं । नेपाल प्रहरीले कार तोडफोड कार्यमा सङ्लग्न एकजनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित सडकमा रोखेर राखेको बा २० च ४००३ नं को सुजुकी ब्रेज कार तोडफोड गर्ने चितवन भरतपुर महानगरपालिका–२ का ३३ वर्षीय थमबहादुर थापालाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तैगर िमहानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख प्रहरी निरीक्षक सन्तोषकुमार दाहालले मित्रनगर विकास तथा सुधार समितिका वरिष्ठ उपाध्यक्ष दीपककुमार सिङ्खडाको कार तोडफोड गरेको आरोपमा थापालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

“व्यक्तिगत रिसिइबीका कारण थापाले सिम्खडाको कारमा तोडफोड गरेको अनुसन्धानमा खुल्न आएको छ”, उहाँले भन्नुभयो । पक्राउ परेका थापालाई मुद्दा दर्ता गरेर अनुसन्धान गरिने प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  १० : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।