८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (८ फाल्गुन ०७६, बिहीवार)


८ फाल्गुन २०७६, बिहिबार  

0
Shares

राशिफल फाल्गुण 8, २०७६ – 20 February, 2020, बिहीवार
द्वादशी – सामाजिक न्याय दिवस/ प्रदोष व्रत

पञ्चाङ्ग :
वि.सं. २०७६ फागुन ८। बिहीबार। इ.स. २०२० फेब्रुवरी २०। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० सिल्लागा। फाल्गुण कृष्णपक्ष। द्वादशी, १७:१२ उप्रान्त त्रयोदशी। नक्षत्र– पूर्वाषाढा, ९:०८ बजेउप्रान्त उत्तराषाढा। योग– सिद्धि, ९:०६ बजेउप्रान्त व्यतीपात। करण– तैतिल, १७:१२ बजेदेखि गर, २९:२२ बजेउप्रान्त वणिज। आनन्दादिमा धाता योग। चन्द्रराशि– धनु, १५:१८ बजेउप्रान्त मकर। काठमाडौंमा सूर्योदय– ६:४० बजे, सूर्यास्त– १७:५७ बजे र दिनमान २८ घडी ३ पला। प्रदोष व्रत।

राशिफल :

मेष – विश्वासपात्रबाटै धोका हुने देखिन्छ । जीवनसाथीको स्वास्थ्यमा प्रतिकूलता र आपूmलाई समेत रोगले सताउने दिन छ ।
वृष – सवारी साधनको प्रयोग होसियारी साथ गर्नुपर्ने बेला छ । पढाइलेखाइमा सामान्य प्रगति हुने दिन रहेको छ ।
मिथुन – घरमा मंगलमय कार्य सम्पादन हुनेछन् । धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ ।
कर्कट – उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । अध्ययनका लागि विदेशयात्राको सम्भावना समेत रहेको छ ।
सिंह – घरायसी समस्या बढ्ने, पढाइमा बाधा, काममा अवरोध र आफन्तसग मनमोटाव बढ्ने जस्ता समस्या आउन सक्छन् ।
कन्या – प्रतिस्पर्धाहरूमा विजयी भइनेछ, लामो समयदेखि रोकिएका कामसमेत सहजै सम्पादन हुनेछन् ।
तुला – नयाँ रोजगारको अवसर मिल्नेछ । व्यापार–व्यवसायमा उन्नति हुनेछ । आयआर्जनका नया स्रोतहरू थपिनेछन् ।
वृश्चिक – खर्च गर्नुपरे वैदेशिक यात्राबाट लाभ मिल्नेछ । उद्यमीहरूका लागि पनि आजको लगानीले फाइदै होला ।
धनु – अनावश्यक खर्च र धनहानिको योग छ । साथै कहि दण्ड जरिवाना समैत पाइएला सचेत रहनु होला ।,
मकर – नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ । मानसम्मान पाइनेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ ।
कुम्भ – लगानीको प्रतिफल प्रशस्त मिल्नेछ, कृषि उत्पादन बढ्नेछ साथै एक्लोपनाको अनुभूति पनि होला ।
मीन – टाढाको यात्रा, धर्मकर्म वा मंगलमय कार्यका लागि धन खर्च हुनेछ । व्यवसाय विस्तार एवं नयाँ रोजगारको अवसर पनि मिल्ला ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  २ : ०१ बजे