९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भ्रमण वर्ष सफल बनाउन सांस्कृतिक मेला


८ फाल्गुन २०७६, बिहिबार  

0
Shares

८ फाल्गुन ०७६, काठमाडौं । ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउने उद्देश्यले आयोजित ‘दशौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला–२०७६’ यही फागुन १६ गतेदेखि शुरु हुने भएको छ ।

त्यस्तैगरी ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नारासहित एभरेष्ट नेपाल कल्चरल ग्रुपले आयोजना गर्ने उक्त मेला यही फाल्गुन १६ गतेदखि २५ गतेसम्म सञ्चालन हुने भएको छ । ग्रुपले आज एक पत्रकार सम्मेलन गरी मेलामा नेपालसहित इस्टोनिया, बङ्गलादेश, श्रीलङ्का, डेनमार्क, इजरायल, भारत र मलेसियालगायतका देशबाट विभिन्न सांस्कृतिक समूहका २५० भन्दाबढी कलाकारले भाग लिने जानकारी दिएको छ ।

यस मेला अवधिभर कलाकारले आआफ्नो संस्कृति झल्कने वेषभूषा लगाई सांस्कृतिक झाँकी प्रस्तुत गर्ने र आ–आफ्नो देशको लोकगीत, सङ्गीत र लोक नृत्य प्रस्तुत गर्ने मेलाका संयोजक रामचन्द्र कोइरालाले जानकारी दिनुभयो ।

यो मेला काठमाडौँ, ललितपुर, पोखरा, जस्ता पर्यटकीय तथा ऐतिहासिक क्षेत्रमा आयोजना गरिनेछ । मेलाबाट देशका विविध संस्कृति, पुरातत्विक र अन्य पर्यटकीयस्थलको मात्र नभई सम्पूर्ण नेपालकै विश्वसामु प्रचारप्रसार हुनसक्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  २ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।