९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


विन्ध्यवासिनी हाइड्रोपावरको नयाँ आइपिओ आउदै


८ फाल्गुन २०७६, बिहिबार  

0
Shares

८ फाल्गुन ०७६, काठमाडौं । लमजुङ र कास्कीको सिमानामा निर्माण भएको रुदी खोला ए र रुदी खोला बी जलविद्युत् आयोजनाले साधारण शेयर बिक्री गर्ने भएको छ । ती आयोजनाको प्रवद्र्धक विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २५ लाख कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो । कम्पनीले लमजुङ र कास्की जिल्लाको सिमानामा बग्ने रुदी खोलामा निर्माण गरेको ८.८ मेगावाट क्षमताको रुदी खोला ए र ६.६ मेगावाट क्षमताको रुदी खोला बी गरी कूल १५.४ मेगावाट क्षमताका दुई आयोजना सञ्चालनमा रहेका छन् ।

कम्पनीको प्रवद्र्धकका अनुसार रुदी खोला ए जलविद्युत् आयोजनाले २०७५ साल चैत र रुदी खोला बी जलविद्युत् आयोजनाले यही फागुन ४ गतेदेखि व्यापारिकरुपमा विद्युत् उत्पादन शुरु गरिसकेको छ । दुवै आयोजनाको औसत प्रतिमेगावाट लागत रु १७ करोड ५० लाख रहेको छ ।

त्यस्तैगरी कम्पनीले निष्काशन गर्न लागेको साधारण शेयरमध्ये १० लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका नागरिकलाई दिने भएको छ । बाँकी १५ लाख कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गरिनेछ । सो कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड र शेयर प्रत्याभूतिकर्ता ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेका छन् । कम्पनीलाई केयर रेटिङ नेपाल लिमिटेडले ग्रेड चार दिएको छ ।

कम्पनीले शेयर बिक्रीका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको कम्पनीका महाप्रबन्धक जनार्दन अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  ३ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।