८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (९फाल्गुन ०७६,शुक्रवार)


८ फाल्गुन २०७६, बिहिबार  

0
Shares

राशिफल फाल्गुण ९, २०७६ – 21 February, 2020, शुक्रवार
त्रयोदशी – शिलाचह्रे पूजा/ महाशिवरात्रि/ विश्व मातृभाषा दिवस

पञ्चाङ्ग :
वि.सं. २०७६ फागुन ९। शुक्रबार। इ.स. २०२० फेब्रुवरी २१। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० सिल्लागा। फाल्गुण कृष्णपक्ष। त्रयोदशी, १७:४० उप्रान्त चतुर्दशी। नक्षत्र– उत्तराषाढा, १०:०० बजेउप्रान्त श्रवण। योग– व्यतीपात, ८:०९ बजेउप्रान्त वरियान्। करण– वणिज, १७:४० बजेदेखि भद्रा, ३०:०५ बजेउप्रान्त शकुनि। आनन्दादिमा कालदण्ड योग। चन्द्रराशि– मकर। काठमाडौंमा सूर्योदय– ६:३९ बजे, सूर्यास्त– १७:५८ बजे र दिनमान २८ घडी ७ पला। महाशिवरात्रि व्रत। शिलाचह्रे पूजा। पशुपतिनाथ, हलेसी महादेवस्थानलगायत शिवालयहरूमा धार्मिक मेला। सर्वार्थसिद्धियोग १०:०० देखि १७:४० बजेसम्म र ३०:०५ बजेपछि।

राशिफल :

मेष – समय मध्यमस्तरको छ । कुनै नयाँ समाचारले खिन्नता पनि बढ्न सक्छ ।
वृष – छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ, तर खास हानि पुग्दैन ।
मिथुन – धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । तर, शारीरिक अस्वस्थताको सम्भावना छ।
कर्कट – काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला ।
सिंह – परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् ।
कन्या – धन मान पाउने योग छ । नोकरि तथा राजनितीमा आफनु बर्चस्व बढाउन सकिन ेछ ।
तुला – सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।
वृश्चिक – बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ ।
धनु – घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन्छ ।
मकर – आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा फाइदा होला ।
कुम्भ – सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ ।
मीन – हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । नयाँ कामका स्रोत फेला पर्लान । काममा मन प्रसस्त मात्रामा जानेछ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  ११ : १५ बजे