१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


खोकना महोत्सवका परम्परागत दृश्य


१० फाल्गुन २०७६, शनिबार  

0
Shares

महोत्सवको लागि बनाइएको टिकट घर र मुख्य प्रवेश द्वार । तस्विरहरु ः ललितपुर खबर

ललितपुर खबर फोटोग्राफी
१० फागुन ०७६, खोकना । दक्षिणी काठमाडौंको नेवारी बस्ती खोकनामा शुक्रबारबाट खोकना पर्यटन महोत्सव २०२० शुरु भएको छ । भुकम्पपछि खोकना स्थानीय शिप र संस्कृतीको जर्गेना भन्ने नाराका साथ शुरु भएको महोत्सवले खोकनालाई जीवन्त बनाएको छ ।

परम्परागत भेषभुसामा सझिएका युवतीहरु ।

खोकनाका बस्तीमा महोत्सवलाई पर्वकै रुपमा मनाइएको छ । हरेक चोक र गल्लीमा प्रर्दशनी गरिएको छ । बाटैभरि स्टल छन् । परम्परागत भेषभुसामा सझिएका स्थानीय बासिन्दाले खोकना ढपक्कै ढाकेको छ ।
बस्तीमा बेला बेलामा लाखे नाच देखाइन्छ । पाटीमा भजन सुनाइन्छ । परम्परागत घर अगाडि पुराना दैनिक जीवनमा प्रयोग हुने सामान, हस्तकला, खोकनाको तेल र ऐतिहासिक पुरातात्विक सरसामानहरुको प्रर्दशनी छ ।

चोकमा भजन गाँउदै महिलाहरु ।

खोकनाका आमा समुहहरुले बाटैभरि नेवारी परिकार पीसकरहेका छन् ।
०७२ सालको विनासकारी भुकम्पले क्षतिग्रस्त खोकना विस्तारै उठेको छ । मौलिक परम्परा,संस्कृती र रितीरिवाजलाई जोजाउन यस्ता महोत्सव उपयोगी हुने वडाध्यक्ष रविन्द्र महर्जन बताउनु हुन्छ ।
खोकना महोत्सव आइतबारसम्म चल्नेछ ।

उद्घाटन समारोहमा ६० जना कलाकारहरु परम्परागत बाजा बजाउदै ।
तस्विर प्रर्दशनी हेर्दै युवतीलगायत ।
हस्तकलाको प्रर्दशनी रुग्दै युवती ।
स्टलमा महिला ।
गुन्द्री बुन्दै ।
परम्परागत प्रविधिबाट चिउरा बनाइदै ।
परम्परागत पोशाकमा स्थानीयबासी ।
देविको भेषमा युवतीहरु ।
सहभागी युवाहरु ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ८ : २६ बजे